प्रधानन्यायाधीश नियुक्ति प्रकिया अघि बढ्यो, हरिकृष्ण कार्कीलाई सिफारिश गर्ने संसदीय समितिको निर्णय

प्रधानन्यायाधीश नियुक्ति प्रकिया अघि बढ्यो, हरिकृष्ण कार्कीलाई सिफारिश गर्ने संसदीय समितिको निर्णय

  • मङ्लबार, जेष्ठ १६, २०८०
  • मिर्मिरे अनलाइन

  • 1.8K
    SHARES

जेठ १६, काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश प्रकिया अघि बढेको छ । आज बसेको संसदीय सुनुवाई समितिको बैठकले हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिश गर्ने निर्णय गरेसँगै प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको हो ।

कार्की संवैधानिक परिषद्‌बाट गत वैशाख २५ गते सर्वोच्चका लागि प्रधानन्यायाधीशमा सिफारिस भएका थिए । आज बसेको समिति बैठकले कार्कीको सम्बन्धमा १० दिनभित्र सार्वजनिक रुपमा उजुरी आव्हान गर्ने निर्णय गरेको छ ।

सार्वजनिक सूचना भोली बुधबारको गोरखापत्रमा प्रकाशन गरिनेछ । कार्कीमाथि लिखित पत्रमार्फत वा समितिले सार्वजनिक गर्ने इमेलमार्फत उजुरी दिन सकिने छ । उजुरीकर्ताको परिचय उनीहरूको अनुरोधमा समितिले गोप्य राख्ने बताइएको छ ।

यस्तै समितिले समिति सञ्चालनसम्बन्धी कार्याविधि समेत पास गरेको छ । समितिका जेष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा बैठक बसेको थियो । बैठकलाई सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्बोधन गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ