गणतन्त्रको विरोध गर्नेहरु कदापी सफल हुने छैनन्ः प्रधानमन्त्री

गणतन्त्रको विरोध गर्नेहरु कदापी सफल हुने छैनन्ः प्रधानमन्त्री

  • सोमवार, जेष्ठ १५, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

जेठ १५ काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु ले गणतन्त्रप्रति वितृष्णा छर्ने प्रयासहरू कदापी सफल नहुने बताएका छन्।

गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति वितृष्णा छर्ने रबलिदानीपूर्ण संघर्षबाट प्राप्त अधिकारलाई उल्ट्याउन भइरहेका प्रयास सफल नहुने बताएका हुन्।

ुसंविधान कार्यान्वयन र शासन सञ्चालनमा देखिने कतिपय कमजोरीलाई आधार बनाएर व्यवस्था र प्रणालीप्रति नै भ्रम छर्ने, वितृष्णा छर्ने यी प्रयासहरू कदापी सफल हुने छैनन्,ु प्रधानमन्त्री प्रचण्डले भने, ुकिनकी लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र र गणतन्त्रको विकल्प उन्नत गणतन्त्र हो।ु

प्रधानमन्त्री प्रचण्डले गणतन्त्र दिगो हुनका लागि संविधान र कानुनमा रहेका सम्पूर्ण अधिकारको प्रयोग जनताले सहज रूपमा गर्न सक्ने अवस्था हुनुपर्ने बताए। साथै आम जनताको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म लोकतन्त्र र गणतन्त्रको औचित्य प्रमाणित नहुने पनि उनको भनाइ छ।

ुयस कुरालाई हामीले गम्भीरतासाथ मनन् गरी जनताको जीवनस्तरलाई यथाशिघ्र माथि उकास्ने प्रतिबद्धताका साथ कर्म क्षेत्रमा जुट्नुपर्ने खाँचो छ, प्रधानमन्त्रीले भने।

उनले गणतन्त्र प्राप्तिका लागि पटकपटक भएका संघर्ष राजनीतिक स्वतन्त्रता प्राप्तिका लागि मात्र सिमित नभइ राजनीतिक परिवर्तनमार्फत देशको आर्थिक र सामाजिक अवस्था सुधार गरी नेपाललाई समृद्ध र समुन्नत मुलुकका रूपमा स्थापित गर्ने उद्धेश्य रहेको बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ