भारत भ्रमणबारे सुझाव लिन प्रधानमन्त्रीले पूर्व प्रधानमन्त्रीहरुसँग परामर्श गर्ने

भारत भ्रमणबारे सुझाव लिन प्रधानमन्त्रीले पूर्व प्रधानमन्त्रीहरुसँग परामर्श गर्ने

  • आइतवार, जेष्ठ १४, २०८०
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणबारे राजनीतिक परामर्श गर्दै छन् । सिंहदरबारमा आइतबार दिउँसो २ बजे प्रधानमन्त्री प्रचण्डले त्यसका लागि पूर्वप्रधानमन्त्री, दल नेता र पूर्व परराष्ट्रमन्त्रीको बैठक बोलाएका हुन् ।

उनीहरुसँगको छलफल लगत्तै ३ः३० बजे प्रधानमन्त्रीले कुटनैतिक परामर्श गर्ने उनको सचिवालयले जनाएको छ । छलफलका लागि पूर्व परराष्ट्र सचीव, भारतका लागि पूर्व राजदुतहरु र विज्ञहरुलाई बोलाइएको छ ।

प्रधानमन्त्री प्रचण्डले यही जेठ १७ देखि २० सम्म भारत भ्रमण गर्ने कार्यतालिका छ ।

सो भ्रमणका बेला प्रधानमन्त्री प्रचण्डले कालापानी लिपुलेक, लिम्पियाधुरा फिर्ता गर्ने, हवाई रुट उपलव्ध गराउने, उर्जा व्यापार सम्झौता दीर्घकालिक बनाउने लगायतका विषयमा छलफल गर्ने बताएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ