काठमाडौं, जेठ १३ गते । नेपाल सरकारले प्रस्तुत गरेको नयाँ आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडलले जेठ ५ गते संघीय संसद्का दुवै सदनमा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रमलाई आज बसेको संसद्को बैठकले पारित गरेको हो ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०(८१ को नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको बताउनुभयो ।
यसअघि सांसदहरूले उठाएको प्रश्नहरूको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिनुभएको थियो । प्रतिनिधि सभाको अर्को बैठक जेठ १४ गते दिनको १ बजे बस्ने छ ।
अब सोमबार जेठ १५ गते सरकारले नयाँ बजेट पेश गर्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline