एनभिडियाका सीईओ जेनसन हुआङले दिए राजीनामा, कोलेट क्रेसलाई अन्तरिम जिम्मेवारी

एनभिडियाका सीईओ जेनसन हुआङले दिए राजीनामा, कोलेट क्रेसलाई अन्तरिम जिम्मेवारी

  • शुक्रबार, कार्तिक २७, २०८३
  • मिर्मिरे अनलाइन

  • 19
    SHARES

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङले पदबाट राजीनामा दिएको समाचार सार्वजनिक भएको छ। उनको स्थानमा कम्पनीकी कार्यकारी उपाध्यक्ष तथा प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसलाई अन्तरिम सीईओको जिम्मेवारी दिइएको दाबी गरिएको छ।

कम्पनीको सञ्चालक समितिले हुआङको राजीनामाबारे जानकारी दिँदै क्रेसलाई अन्तरिम नेतृत्वको जिम्मेवारी सुम्पिएको उल्लेख गरिएको छ। क्रेस सन् २०१३ सेप्टेम्बरदेखि एनभिडियामा आबद्ध छिन्। उनले त्यसयता कम्पनीको वित्तीय व्यवस्थापन तथा व्यावसायिक रणनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन्।

अन्तरिम सीईओको जिम्मेवारी पाएपछि क्रेसले एनभिडियालाई तीव्र गतिको कम्प्युटिङ र कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा अग्रणी बनाउने अभियानलाई निरन्तरता दिने बताएको समाचारमा उल्लेख छ।

उनले कम्पनीको नेतृत्व टोलीसँग मिलेर हुआङले निर्माण गरेको आधारलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। ग्राहक, साझेदार, विकासकर्ता र सेयरधनीको हितलाई प्राथमिकतामा राखेर कम्पनीका गतिविधि अघि बढाउने उनको भनाइ छ।

को हुन् कोलेट क्रेस ?

कोलेट क्रेस सन् २०१३ मा एनभिडियामा आबद्ध भएकी हुन्। उनले कम्पनीको कार्यकारी उपाध्यक्ष तथा प्रमुख वित्तीय अधिकृतका रूपमा काम गर्दै आएकी छन्।

एनभिडियामा आबद्ध हुनुअघि उनले सिस्को र माइक्रोसफ्टजस्ता प्रमुख प्रविधि कम्पनीमा वित्तसम्बन्धी विभिन्न जिम्मेवारी सम्हालेकी थिइन्। प्रविधि क्षेत्रमा वित्तीय व्यवस्थापनको करिब २५ वर्षको अनुभव उनीसँग रहेको बताइएको छ।

कम्पनीको वित्तीय विभागको नेतृत्व गर्नुका साथै एनभिडियाको व्यावसायिक विस्तार र रूपान्तरणमा पनि उनको महत्त्वपूर्ण भूमिका रहेको समाचारमा उल्लेख छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ