१३ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय समस्यामा राष्ट्रिय सहमति गरेर अघि बढ्ने प्रस्ताव गरेका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको शनिबार जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय समस्याहरु समाधान गर्न सबै एक ठाउँमा आउनुपर्ने बताए ।
पहिलो गठबन्धनबाट दोस्रोमा आइपुग्दा केही तितामिठा अनुभूति भए पनि देश र जनताको हितलाई हेरेर एक ठाउँमा आउन आव्हान् गरे ।
‘अहिले भ्रष्टाचारको विषयमा सबै मिलेर अघि बढेमा समस्या समाधान गर्न सहज हुने पनि उनले बताए ।
सरकारले ल्याएको नीति कार्यक्रम उपयुक्त रहेको भन्दै उनले विगतका सरकारको जस्तै कार्यक्रम भए यसलाई समर्थन गर्न प्रतिपक्षी दललाई आग्रह गरे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline