माओवादी सांसद दाहालले भने, ११ किलो सुन तलमाथि भएको जिम्मेवारी केपी ओलीले लिनै पर्छ

माओवादी सांसद दाहालले भने, ११ किलो सुन तलमाथि भएको जिम्मेवारी केपी ओलीले लिनै पर्छ

  • शुक्रबार, जेष्ठ १२, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

जेठ १२ काठमाडौँ । माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा पशुपतिनाथको मन्दिरको जलहरी राख्ने क्रममा ११ किलो तलमाथि भएको भन्दै त्यसको जिम्मेवारी पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन् ।

एमालेले यो प्रकरणलाई लिएर संसदको बैठक अवरुद्ध गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद दाहालले आफूले अघिल्लो बैठकमा त्यसबारे बोल्दा केपी ओलीलाई तोकेर नबोलेको र तत्कालीन सरकारको पालामा भएको सो घटनाको उनले जिम्मेवारी लिनुपर्ने बताए ।

सांसद दाहालले भने– ‘माननीय केपी शर्मा ओलीज्यूले यो सरकारले भ्रष्टाचार नियन्त्रण गर्दैन, यो भ्रष्ट्राचारीहरूको गठबन्धन हो भन्ने सन्दर्भमा तपाईँले विगततिर फर्कनुस्, तपाईँले विगतमा ३ वर्ष शासन सत्ता सञ्चालन गरिरहँदा त्यहाँ भएका भ्रष्टाचार काण्डहरू कयौँ छन् ती मध्ये यति, ओम्नी, वाइड बडी, बालुवाटार जग्गा प्रकरण, गोकर्ण रिसोर्ट प्रकरणका साथै स्वास्थ्य सामग्रीको २ अरब भ्रष्टाचार काण्ड र त्योसँगै पशुपतिनाथको जलहरी लगाउँदा पित्तल लगाएको काण्ड जसमा ११ किलो सुन कम भएको महालेखाको प्रतिवेदनमा पनि आएको छ ।’

उनले अगाडि भने, ‘महालेखाको प्रतिवदेनमा समेत सुन कम भएको, ज्यालाको विवरण उल्लेख नभएको कुरा ४२ र ४३ नम्बर बुँदामा छ । त्यो तथ्यको आधारमा उहाँको सरकारका पालामा भएको भ्रष्टाचारको नैतिक जिम्मेवारी उहाँले किन लिन सक्नु भएन ? तपाई पूर्व प्रधानमन्त्रीको हैसियतले त्यसको नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैन भन्ने सन्दर्भमा बोलेको कुराहरूलाई उहाँहरूले जुन अनावश्यक मुद्दा उठाइरहनुभएको छ, यसमा मेरो गम्भीरतापूर्वक के माग छ भने त्यसबारेमा छानबिन समिति गठन गरौँ । त्यो सुन कसले खायो ? सरकारको नेतृत्व गरेका कारण तत्कालीन प्रधानमन्त्री र नेकपाको अध्यक्षको हिसाबले केपी ओलीले त्यसको जिम्मेवारी लिनै पर्छ । तर व्यक्तिगत हिसाबले उहाँलाई किटान गरिएको थिएन, उहाँको सरकारको पालामा भएको भ्रष्ट्राचारको फेहरिस्त बताउने क्रममा विषयवस्तु उठान भएको हो ।’

उनले महालेखाको प्रतिवेदनले पनि ११ किलो सुन नभेटिएको उल्लेख गरेको र आफूले त्यो सुन केपी ओलीले खाएको भनेर व्यक्तिगत टिप्पणी नगरेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ