काठमाडौँ जेठ १२ । आफ्ना पार्टीका नेताहरुलाई भ्रष्टाचार गरेको आरोप लगाएको भन्दै एमालेले संसद अबरुद्ध गरेको छ ।
शुक्रबार प्रधानमन्त्री पुष्पकमल प्रचण्डले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेकोमा एमाले सांसदहरूले त्यसभन्दा अगाडि भ्रष्टाचारको निराधार आरोप लगाइएको विषयमा सरकारले जवाफ दिनुपर्ने भन्दै बैठक अवरुद्ध पारेका हुन् ।
एमाले सांसदले उठेर नारावाजी गर्दै वैठक अवरुद्ध पारेपछि ससभामुखले २० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
एमाले सांसदहरुले पशुपतिमा सुनको जलहरी लगाउने बेला भ्रष्टाचार भएको सत्तापक्षको सांसदले सदनमै आरोप लगाएको भन्दै त्यसबारे सरकारले जवाफ दिनु पर्ने माग गरेका छन् ।
सरकारले आजै नीति तथा कार्यक्रम पारित गर्ने तयारी भएका बेला संसद बैठक रोकिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline