रेशम चौधरीलाई आममाफी दिने प्रकृया रोक्न राष्ट्रिय जनमोर्चाको माग

रेशम चौधरीलाई आममाफी दिने प्रकृया रोक्न राष्ट्रिय जनमोर्चाको माग

  • शुक्रबार, जेष्ठ १२, २०८०
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

जेठ १२ काठमाण्डौँ । राष्ट्रिय जनमोर्चाले रेशम चौधरीलाई आममाफी दिने प्रक्रिया रोक्न सरकारसँग माग गरेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शुक्रबार विज्ञप्ति निकालेर आममाफी दिने प्रक्रिया रोक्न सरकारसँग माग गरेका हुन्।

‘टीकापुर हत्याकाण्डका नाइके वा संलग्नलाई आममाफी दिने कार्यले दण्डहिनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधिकरण बढ्ने छ। जसको परिणाम मुलुकमा कानुनको शासन नभएर अराजकता र दण्डहिनता मौलाउने छ। त्यसैले रेशम चौधरीलाई आममाफी दिनका लागि अगाडि बढाएको प्रक्रिया रोक्न सरकारसँग माग गर्दछौँ,’ अध्यक्ष केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार रहेका चौधरीलाई सर्वोच्च अदालतले केही समयअघि सर्वस्वसहितको जन्मकैद फैसला गरेको थियो। ‘चौधरीलाई आममाफी दिने गरी वर्तमान प्रचण्ड नेतृत्वको सरकारले अगाडि बढाएको प्रक्रियाको हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले घोर विरोध तथा भर्त्सना गर्दछ,’ उनले भनेका छन्।

जनमोर्चाले ुटीकापुर हत्याकाण्ड कुनै राजनीतिक नभएर आम नरसंहारको घटनु रहेको उल्लेख गरेको छ।

विगतमा सरकारले रवि लामिछानेको राहदानी प्रकरणमा राजनीतिक सौदावाजी गरेर मुद्दा नचल्ने निर्णय गरेको थियो। तर त्यो सौदावाजी सरकारलाई कति महँगो भयो ? प्रष्ट छ,’ उनले भनेका छन्।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ