ठूला होस् या साना प्रमाण पुग्नासाथ जोसुकैमाथि कार्बाही हुन्छ, प्रहरीमाथि दबाब छैन : गृहमन्त्री

ठूला होस् या साना प्रमाण पुग्नासाथ जोसुकैमाथि कार्बाही हुन्छ, प्रहरीमाथि दबाब छैन : गृहमन्त्री

  • बिहिबार, जेष्ठ ११, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

जेठ ११ काठमाण्डौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी र राज्यद्रोहको कार्यमा संलग्न रहेका थप व्यक्तिहरूको खोजीमा प्रहरी लागिरहेको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दावी गरेका छन् ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा बयानका क्रममा नाम आएकाहरूमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणबारे निष्पक्ष छानबिनको माग गर्दै बुझाएको ज्ञापनपत्र लिँदै गृहमन्त्री श्रेष्ठले उक्त प्रकरणमा संलग्नहरूका विषयमा अनुसन्धान भइरहेकोले ठूला हुन् या साना प्रमाण पुगेपछि कोही नबच्ने प्रतिवद्धता जनाएका हुन् ।

कोही व्यक्तिले दिएको बयानकै आधारमा कसैलाई पक्राउ गर्न नमिल्ने भन्दै उनले थप अनुसन्धान भइरहेको बताए । ‘हाम्रो देशमा भ्रष्टाचारको जालो धरै व्याप्त छ । कमिसनले पनि देशलाई जर्जर बनाएको छ । यो कमिसनको जालो र भ्रष्टाचारको जालोलाई नतोड्दासम्म समृद्धिको यात्रा पूरा हुन सक्दैन । अहिले हाम्रो मिसन, सुशासन, अर्थात् भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्नुपर्नेछ । तबमात्रै समृद्धि हासिल हुनेछ, उनले भने, आफ्नै देशको नागरिकलाई अनागरिक बनाइ, अर्काको देशको शरणार्थी बनाई विदेश पठाइ सम्पत्ति कमाउने काम सह्य हुँदैन । यस्तो प्रकारको काम भयो भन्नेकुरा अनुसन्धानमा देखिएकाले अनुसन्धान प्रक्रियालाई अघि बढाएर अदालतमा पेस गरेका छौं । अन्तिम फैसला अदालतले गर्छ, त्यो फैसला हामीले पर्खनु नै छ । अनुसन्धानको आधारमा हामीले अघि बढाएका छौँ । मैले नेपाल प्रहरीलाई निष्पक्ष रुपमा काम गर्न भनिसकेको छु । राजनीतिक प्रभाव र अवाञ्छित दबाबबाट मुक्त भएर स्वतन्त्र रुपमा छानबिन गर्न भनेको छु । एउटाले बयान दिएकै आधारमा मुद्दा चलाउन मिल्दैन कि भनेर अरु प्रमाणहरु पनि खोज्ने प्रयासमा प्रहरी छ । एउटा कसैले भनिदियो भन्दैमा पक्राउ गर्न मिल्दैन ।’

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ