जेठ ११ काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्ड जेठ १७ देखि भारत भ्रमणमा जाने भएका छन् । जेठ १५ मा बजेट पेश भएपछि उनी चार दिनका लागि भारत जान लागेका हुन् ।
नेपाल र भारतका परराष्ट्र मन्त्रालयले भ्रमण मिति र कार्यतालिका एकैसाथ सार्वजनिक गर्ने तयारी गरेका छन् । प्रधानमन्त्रीले भ्रमण ऐतिहासिक हुने दाबी गर्दै आएका छन् ।
यस भ्रमणमा सीमा समस्या, व्यापार वृद्धि, नेपालमा लगानी प्रवद्र्धन , उर्जा क्षेत्र, हवाई रुट आदि विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
कुटनीतिज्ञहरुले प्रधानमन्त्रीको भारत भ्रमण गंभीर तयारी गरेर आपसी विस्वास अभिृद्धि गर्ने गरी हुनु पर्ने सुझावहरु दिँदै आएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline