जेठ १० काठमाण्डौँ । ग्यास लिक भएर गंभीर घाईते भएका कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी आज उपचारपछि पहिलो पटक संसद बैठकमा सहभागी भएका छन् । उनले सौभाग्यले आफू बाँचेर आएको भावुक सन्देश दिएका छन् ।
उनले यो अवस्थामा ल्याएर बोल्ने बनाउने सरकार, सांसद, चिकित्सक सबैप्रति आधार व्यक्त गरे।
उनले देशमा जलनका केस धेरै हुने भएकोले सरकारलाई छुट्टै अस्पताल बनाउन आग्रह गरे। उनले हाम्रा चिकित्सक कसैभन्दा कम नभएको बताउँदै उनले नेपालका डाक्टर सबैभन्दा बढी कम्पिटेन्स रहेको दाबी गरे।
साथै उनले ग्यास, रेगुलेटर, बिजुली कसरी सुरक्षित प्रयोग भन्ने भन्ने विषयमा पाठ्यपुस्तक समावेश गर्न माग गरे। साथै उनले सरकारले आफ्नो उपचारमाथि गरेको खर्च अस्पताल निर्माणमा लगाउन आग्रह गरे।
गत ३ फागुनमा बुद्धनगरस्थित निवासमा ग्यास लिक हुँदा भएको आगलागीमा परी उनी गम्भीर घाइते भएका थिए। उनको भारतको मुम्बईस्थित नेसनल बर्न अस्पतालमा साढे दुई महिनाको उपचारपछि भण्डारी बैशाख १७ गते स्वदेश फर्किएका थिए। कीर्तिपुरमा उपचारपछि उनलाई थप उपचारका लागि भारत लगिएको थियो।
उनकी आमाको भने उपचारको क्रममा कीर्तिपुर बर्न अस्पतालमा निधन भएको थियो ।