रबिः पहिला आफ्नो मुद्धा थामथुम पार्न प्रचण्डसँग लविङ, अहिले मुटु जाँच गर्ने चुनौती दिँदै !

रबिः पहिला आफ्नो मुद्धा थामथुम पार्न प्रचण्डसँग लविङ, अहिले मुटु जाँच गर्ने चुनौती दिँदै !

  • बुधबार, जेष्ठ १०, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

जेठ १० काठमाण्डौँ । पछिल्लो समय मिडियाबाट राजनीतिमा आएका रवि लामिछानेले आफ्नो उत्ताउलो प्रवृति प्रस्तुत गरिरहेका छन् । चितवन २ बाट चुनाव जितेपछि उपप्रधान तथा गृहमन्त्री बनेका उनले आफ्नो कार्यकाल शुरु हुनासाथ विदेशी कम्पनीलाई नेपाली नागरिकको जैविक विवरण रुजु गर्न ठेक्का दिने विवादास्पद निर्णय गरेका थिए । सो निर्णय हालका गृहमन्त्री नारायणकाजी श्रेष्ठले खारेज गरिदिएका छन् ।

सर्वोच्च अदालतले नागरिकता प्रकरणमा गरेको फैसलाले मन्त्री र सांसद पद गुमेपछि उनी निरन्तर वालुवाटारमा प्रचण्डको सम्पर्कमा रहे । उनीमाथि समर्थकहरुले सरकारबाट समर्थन फिर्ता लिन निरन्तर दबाब दिए पनि उनले त्यसो गरेनन् ।

त्यसको एउटै कारण थियो राहदानी मुद्धा नचलाउने विषयमा सम्झौता । उनले प्रचण्डलाई विस्वासको मत दिने दिन नै महान्यायधीवक्ताको कार्यलयले रवि लामिछाने विरुद्ध मुद्धा नचलाउने निर्णय गरिदिएको थियो । त्यो मुद्धा र सत्ताको सम्झौता भएकोमा अधिकांशको बुझाई छ ।

त्यसपछि उननिर्वाचनपछि पनि उनी गृहमन्त्रीमा दावी गर्दै पटक पटक वालुवाटार पुगेका थिए । तर प्रचण्डले गृह नै दिने विषयमा स्वीकृति दिन सकेका थिएनन् ।

त्यसपछि जब सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा धमाधम ठूला भनिएका व्यक्तिहरु पक्राउ गर्न थाल्यो तब उनले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बसे ।

अहिले संसदमा उनले प्रधानमन्त्री प्रचण्डको मुटु जाँच गर्ने चूनौती दिएका छन् । आजको संसदमा उनले भने, प्रधानमन्त्री ज्यू म तपाईको मुटु जाँच्न चाहन्छु भन्नुस् कुन अस्पतालमा जाँउ ? यो उनले नक्कली शरणार्थी प्रकरणमा वयानमा नाम लिईएका व्यक्तिहरु पक्राउ नपरेको विषयमा उठाएका हुन् ।

म प्रधानमन्त्रीको मुटु जाँच गर्न चाहन्छु, कुन अस्पतालमा जाने हो’, उनले भने, ‘तपाईंहरु तीन पार्टी बसेर खासखुस गर्नु भएको थियो, त्यसको गन्ध अहिले देशभर ठासठुस आइरहेको छ।’

यस विषयमा हाल सम्मकै सबै भन्दा धेरै भिआईपीहरु थुनामा छन् र अनुसन्धानको चरण बाँकी रहेकाले अन्य पनि पक्राउ पर्न सक्ने आधार जीवितै छन् र थप प्रमाण जुटाउन प्रहरी लागि परिरहेको छ । भोली आज नाम जोडिएकाहरु पक्राउ पर्न सक्छन्, बयानमा उठेका व्यक्तिहरुका बारेमा प्रहरीले प्रमाण संकलन गरेको स्पष्ट पारिसकेको छ ।

यसले रविमाथि नै पनि संसदमै प्रश्न अन्य सांसदले उठाउन थालेका छन् ।

एमाले सांसद रघुवीर महासेठले नागरिकतामा कैफियत देखिएपछि लामिछानेलाई  बालुवाटारमा म्याउ म्याउ गरेको देखिएको टिप्पणी गरेर जवाफ दिएका छन् ।

‘आज भर्खरै मात्र पनि मैले सुनें, भुटानी शरणार्थी प्रकरणबारे, जुन अहिले छानबिन भइरहेको छ, तीन पार्टीले बालुवाटारमा बसेर मिलाउनेगरी छलफल गर्दैछ। कुनकुन तीन पार्टी हुन्रु उहाँले बोल्नु त भएन। यस्तायस्ता साथीहरू छन्, म भन्न चाहन्छु( तीन पार्टी होइन, रातिको समयमा तपाईंहरू पनि आफू बच्नका लागि कसरी बालुवाटारमा म्याउँम्याउँ गर्नु भएको थियो ? ,’ महासेठले भने ।

परिवर्तनका लागि लडेका ठूला पार्टीलाई गाली गरेर आईरहेका नयाँ शक्तिहरुसँग सावधान हुनु पर्ने पनि उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ