जेठ १० काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार र न्यायालयको परीक्षा हुने बताएका छन् ।
आज प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै थापाले न्यालयले यो प्रकरणमा न्याय गरेँ भनेर मात्रै नपुग्ने भन्दै न्यायको अनुभुति पनि हुनुपर्ने बताए ।
यो प्रकरणका दोषि कोही पनि छ्ट्न नहुने तर्क गर्दै उनले आम नागरिकले यो प्रकरणको अनुसन्धानलाई नजिकबाट हेरिरहेको बताए ।
थापाले शिक्षा र स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नसके भ्रष्टाचार न्युनिकरण हुने धारणा उल्लेख बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline