जेठ १० काठमाण्डौँ । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आज बिहान राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा उनीहरूले शपथ खाएका हुन्। मन्त्री महतोलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री कुमारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ खुवाएका हुन्।
प्रधानमन्त्रीको सिफारिसमा मंगलबार राष्ट्रपतिले जनता समाजवादी पार्टीका नेताहरू महतो र कुमारीलाई क्रमशः मन्त्री र राज्यमन्त्रीमा नियुक्ति दिएका थिए।
सबै भन्दा अन्तिममा मन्त्रीपरिषद्मा जसपाले नाम पठाएको हो । यो सँगै प्रचण्ड सरकारले पूर्णता पाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline