सरकारको नीति तथा कार्यक्रम कल्पनाको पुलिन्दा हैन, यो कार्यन्वयन गरिनेछ : प्रधानमन्त्री

सरकारको नीति तथा कार्यक्रम कल्पनाको पुलिन्दा हैन, यो कार्यन्वयन गरिनेछ : प्रधानमन्त्री

  • मङ्लबार, जेष्ठ ९, २०८०
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

जेठ ९ काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रम कल्पनाको पुलिन्दा नभई यो कार्यन्वयन गर्ने कार्यक्रम भएको बताएका छन् । आज राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले अहिलेको नीति तथा कार्यक्रम गन्तव्यहीन नभएको बताए ।

प्रचण्डले देशमा दुरगामी महत्वको राजनीतिक परिवर्तन राष्ट्रिय सहमतिको बलमा सम्भव भएको बताउँदै नीति तथा कार्यक्रम पनि त्यसैगरी कार्यान्वयन गरिने बताए। देशको आर्थिक संकट थेग्नै नसक्ने गरी नबिग्रिएको उनले बताए ।

अहिलेको अर्थतन्त्रको सुधार र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि कृषि, पर्यटन र उद्योगको क्षेत्रमा सुधार गरेर अघि बढ्ने उनले बताए ।

सरकारको नीति तथा कार्यक्रमको बिरोध गर्ने सैद्धान्तिक र नैतिक धरातल कसैसँग पनि नरहेको उनले बताए । प्रधानमन्त्रीले सत्तापक्ष र प्रतिपक्षको न्युनतम साझा कार्यक्रमलाई हेरेर नै नीति तथा कार्यक्रम बनेको पनि बताए ।

बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले थाती रहेको सीमा समस्या ऐतिहासिक सन्धी, नक्सा र तथ्य प्रमाणका आधारमा कुटनीतिक माध्यमबाट समाधान गर्ने बताए ।

‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने कुरामा नेपाल सरकार बडो प्रस्ट छ । थाती रहेको सीमा सम्बन्धी विषयलाई ऐतिहासिक सन्धी नक्सा तथ्य र प्रमाणका आधारमा कुटनीतिक पहलबाट समाधान गर्न दृढ र प्रतिवद्ध रहेको जानकारी पनि माननीय सदस्यहरुलाई गराउन चाहन्छु’ उनले भनेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ