ओलीप्रति माधव नेपालको कटाक्षः हातबाट सत्ता खुस्किएपछि सरापेर हुन्छ ?

ओलीप्रति माधव नेपालको कटाक्षः हातबाट सत्ता खुस्किएपछि सरापेर हुन्छ ?

  • सोमवार, जेष्ठ ८, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

जेठ ८ काठमाण्डौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि कटाक्ष गर्दै हातबाट सत्ता खुस्किएपछि सरापेर नहुने टिप्पणी गरेका छन् ।

‘संसदमा नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिने क्रममा उनले आफ्नो व्यथा पोखेर मात्र हुँदैन, सरकार किन आफ्नो हातबाट फुत्कियो ? त्यसका लागि अरुलाई सत्तोसराप गरेर पनि हुदैँन’, उनले भने, ‘आफ्नो पीडा पोखेर मात्रै हुँदैन, सरकारमा किन बस्न सकिएन ? भन्दै आफूभित्रको कमजोरी स्वीकार गर्न आग्रह गरेका छन् ।

आफूलाई सर्वज्ञानी ठान्ने व्यक्तिवादी प्रवृति ओलीमा रहेको भन्दै उनले अरुलाई भने अवमुल्यन गर्ने प्रवृति बाँकी नै रहेको औल्याए ।

उनले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा लिपुलेक, कालापानी र लिम्पियाधुराको विषयमा गंभीरतापूर्वक कुराकानी राख्नु पर्ने पनि सुझाव दिएका छन् ।

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ