बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

  • आइतवार, जेष्ठ ७, २०८०
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

हेटौँडा, जेठ ७ गते । सत्ता गठबन्धनका दलहरुबीचको लामो कसरतपछि बागमती प्रदेशको मन्त्रिमण्डलले पूर्णता पाएको छ । दलहरुबीच भागबण्डा नमिले पनि अन्ततः प्रदेशको ११ मन्त्रालयमा थप एक मन्त्रालय बनाएर १२ वटा बनाउने गरी सहमति भएको हो । नवनियुक्त ६ जना मन्त्रीले आजै शपथ लिएका छन् ।

अब प्रदेशमा नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित चार मन्त्री र नेपाली कांग्रेसका छ जना र एकीकृत समाजवादीका दुई जना मन्त्री बनेका छन् ।

यसअघि गत चैत २६ गते कांग्रेसबाट दुई जना मन्त्री थप गरी छ सदस्यीय मन्त्रिमण्डल बनाइएको थियो । साथै, गत पुस २६ गते मुख्यमन्त्री जम्कट्टेलले तीन सदस्यीय मन्त्रिमण्डल बनाउनुभएकोमा गत माघ ११ गते मन्त्रिमण्डल विस्तारले पूर्णता पाएको थियो ।

यस्तै, चैत १० गते नेकपा एमालेका चार मन्त्री र गत फागुन १३ गते राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

नवनियुक्त मन्त्री र उनीहरुको जिम्मेवारी

१. शालिकराम जम्कट्टेल, मुख्यमन्त्री, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

२. बहादुर सिं लामा (तामाङ), मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय

३. गङ्गा नारायण श्रेष्ठ,मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्रालय

४. कुमारी मुक्तान, मन्त्री, सामाजिक विकास मन्त्रालय

५. युवराज दुलाल,मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्रालय

६. तीर्थबहादुर लामा,मन्त्री, खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालय

७. रामकृष्ण चित्रकार, मन्त्री, विना विभागीय

८. डा. राजेन्द्रमान श्रेष्ठ, मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्रालय

९. लक्ष्मण लम्साल, मन्त्री,श्रम, रोजगार तथा यातायात मन्त्रालय

१०. पुकार महर्जन, मन्त्री, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय

११. उत्तम जोशी,मन्त्री, स्वास्थ्य मन्त्रालय

१२. मसिना खड्का, मन्त्री, वन तथा वातावरण मन्त्रालय

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ