काठमाण्डौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित हुन नदिने जनाएको छ ।
एमाले अध्यक्ष एवं पार्टी संसदीय दलका नेता केपी ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम संसदबाट पारित हुन नदिने बताएका हुन्।
संघीय संसद् भवन नयाँ बानेश्वरमा आयोजित पार्टीको संसदीय दलको बैठकमा बोल्दै उनले सरकारले देशलाई निर्देश गर्ने खालको नीति तथा कार्यक्रम नल्याएकाले त्यसलाई स्वीकार गर्न नसकिने बताए ।
‘यो एउटा बेकारको पुलिन्दा हो। जसले यस देशलाई निर्देशित गर्न सक्दैन। नीतिगत हिसाबले निर्देशित गर्न सक्दैन। कार्यक्रमिक हिसाबले निर्देशित गर्न सक्दैन। यसले कुनै डेस्टिनेसन नै तोकेन। कुनै बाटो नै देखाएन। जसले गर्दा त्यहाँ पुगिने भन्ने कुरै रहेन। कहाँ पुग्ने भन्ने कुरै छैन यसमा,’ अध्यक्ष ओलीले भने।
मुलुकको अर्थतन्त्रको समस्यासमेत सरकारको नीति तथा कार्यक्रममा उल्लेख नभएको जिकिर गर्दै उनले आपत्ति जनाए । ‘