नगर विकास जमनि घोटाला काण्ड बिरुद्ध क्रान्तिकारी पार्टीले आन्दोलन गर्ने घोषणा

नगर विकास जमनि घोटाला काण्ड बिरुद्ध क्रान्तिकारी पार्टीले आन्दोलन गर्ने घोषणा

  • शनिबार, जेष्ठ ६, २०८०
  • डम्मर दत्त भट्ट

  • 5.5K
    SHARES

कञ्चनपुर, ६ जेठ ।
कञ्चनपुर जिल्लामा रहेको महेन्द्रनगर नगर विकास घोटाला काण्ड बिरुद्धमा क्रान्तिकारी कम्युनिष्ट पार्टीले आन्दोलन गर्ने घोषणा गरेको छ ।
मोहन बैद्य९किरण० नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीले नगर विकासको जमिन घोटाला काण्ड बिरुद्धमा आन्दोलन गर्ने घोषणा गरेको हो ।
नगर विकास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरकारले वेवास्था गरिरहेको भन्दै क्रान्तिकारीले राज्यको सम्पत्ती जोगाउनका लागि क्रान्तिकारी पार्टीले दवावमुलक आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेको हो ।
शनिबार क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कञ्चनपुरले महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै नगर विकास जमिन घोटाला गर्ने गिरोहमाथि कार्बाहीको माग अघि सारेर आमरण अनसन सहितका आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेको हो । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कञ्चनपुरका तर्फबाट हरिस दयाल, हरि सुवेदीले महेन्द्रनगर गुरु योजना बिरुद्धमा जमिन घोटाला गर्नेमाथि अहिलेसम्म कार्बाही नभएकाले सरकारलाई दवाव दिनका लागि ७ जेठदेखि आमरण अनसन सहितका संघर्षका कार्यक्रम गर्ने बताएका छन ।
तत्तकालिन नेकपा बहुमत जिल्ला इन्चार्ज सहेत रहेका क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता हरिस दयालले विगतदेखि नगर विकास घोटाला काण्ड बारे पार्टीले आवाज उठाउँदै आएको र अहिले पनि संघर्षका कार्यक्रम गर्न बाध्य भएको बताए ।
तत्तकालिन नेकपा क्रान्तिकारी माओवादी कञ्चनपुरका इन्चार्ज एव क्रान्तिकारी कम्युनिष्ट पाटी नेपालका नेता हरि सुवेदीले राज्यको सम्पत्तीमाथि दोहन गर्नेलाई पार्टीले कानुनी कठघरमा उभ्याउनका लागि निर्मम संघर्षममा उत्रिएको बताए । क्रान्तिकारी कम्युनिष्ट पार्टी कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरले अख्तियारले नगर विकास जमिन घोटाला प्रकरणमा दोषी ठहर गरेका व्यक्तिलाई कार्बाही गर्नुपर्ने, कानुन विपरित वितरण भएका जमिन फिर्ता हुनुपर्ने, नगर विकास समिति गठन पुर्व लामो समयदेखि बस्दै आएका खोकाछाप्रा कतै जमिन भएकाको हकमा छानबिन गरेर उनीहरुको जायज माग सम्बोधन गर्नुपर्नेमा जोडदिएका छन । नेता ऐरले आमरण अनसन बस्ने स्थान छनौट भएको तर महेन्द्रनगरमै हुने बताए । गत २ कार्तिक ०७९मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर विकास जमिन घोटाला प्रकरणमा तत्तकालिन अध्यक्षत्रय पल्टु राना, पुष्कल चौधरी, गोपाल रसायी सहितका सदस्य सचिव कर्मचारी बिरुद्धमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । नगर विकास समितिको नाममा रहेको ६सय ३८विगाह ६कट्टा ८ धुर जमिन गैर कानुनी रुपमा गुरु योजना मिचेर सरकारी, सार्वजनिक एव निजी व्यक्तिलाई वितरण गरेपछि त्यसको बिरोधमा पटक पटक राजनीतिक दल, युवा विद्यार्थी एव स्थानीयबाट आन्दोलन भएको थियो । यस अघि क्रान्तिकारी पाटीले सृजनात्मक रुपमा आन्दोलन गर्न थालेपछि जनताले समेत साथ दिने जनाएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ