नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अहिले मुद्धा बुझाए पनि रोकिदैन, कोही कसैलाई छाडिँदैन : प्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अहिले मुद्धा बुझाए पनि रोकिदैन, कोही कसैलाई छाडिँदैन : प्रधानमन्त्री

  • शनिबार, जेष्ठ ६, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

काठमाडौं जेठ ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी भारत भ्रमण दुबै देशका लागि ऐतिहासिक बन्ने विश्वास व्यक्त गरेका छन् ।

राजधानीमा शनिबार आयोजित ट्रेड युनियन महासंघका पदाधीकारीहरुको शपथ ग्रहण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले परिवर्तनमार्फत नै जनतालाई सेवा, सुशासन र विकास दिन सकिन्छ भन्ने संकल्पसहित यो पटक आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको र जनता पनि अहिले उत्साहित रहेको आफूले पाएको बताए ।

शीर्ष नेताहरुबीच हुने गरेका छलफल पनि तिनै विषयका साथै संसदका विभिन्न समितिहरु,संक्रमणकालीन न्याय र गणतन्त्र विरोधी प्रवृत्तिलाई निरुत्साहित गर्नमै केन्द्रित हुने गरेको उनको भनाई छ ।

भारतसँग खुला सीमा,आर्थिक,राजनीतिक,सामाजिक,जनता–जनताबीचको सम्बन्धको दृष्टिकोणले सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्ने विश्वास व्यक्त गरेका हुन् ।

उनले नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणका दोषीहरूलाई कुनै हालतमा नछोड्ने र मुद्दा दर्ता भएपछि पनि थप अनुसन्धानको प्रकिया जारी राख्ने जानकारी दिए । नक्कली भुटानी शरणार्थी प्रकरण अब आमनेपाली र अन्तर्राष्ट्रिय रुपमा पनि चासोमा परिसकेकाले यसबाट कोही पछि हट्न नसक्ने प्रधानमन्त्री भनाई थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ