भ्रष्टाचार र कमिसनको जालो तोड्न निरन्तर लागिपरेको छुः उपप्रधानमन्त्री श्रेष्ठ

भ्रष्टाचार र कमिसनको जालो तोड्न निरन्तर लागिपरेको छुः उपप्रधानमन्त्री श्रेष्ठ

  • बिहिबार, जेष्ठ ४, २०८०
  • मिर्मिरे अनलाइन

  • 1.8K
    SHARES

काठमाडौं, ४ जेठ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालो तोड्न सरकार निरन्तर लागिपरेको बताउनुभएको छ ।

बिहीबार बिहान आफूलाई भेट्न आएका प्रवास संयोजन समितिका सदस्य तथा प्रवासमा कार्यरत नेपाली बुद्धिजीवीहरूसँगको भेटमा श्रेष्ठले भ्रष्टाचारको जालो भताभुङ्ग पार्न आफू निरन्तर लागिपरेको उल्लेख गर्नुहुँदै यसमा नेपाली डायस्पोरा कम्युनिटीको पनि साथ चाहिने उल्लेख गर्नुभयो ।

बिहीबार बिहान श्रेष्ठको निवासमा भएको भेटमा उपप्रधानमन्त्री श्रेष्ठले कमिसन र भ्रष्टाचारको अन्त्य नगरी आर्थिक समृद्धि र देश विकास गर्ने कुरा सम्भव नरहेको उल्लेख गर्नुभयो ।

भ्रष्टाचार र अनियमिततामा संलग्न जोसुकै भए पनि सरकारले नछाड्ने बताउनुभएका श्रेष्ठले निर्दोषलाई नछुने बताउनुभयो । ‘प्रमाण पुग्ने दोषी जोसुकै भए पनि सरकारले छाड्दैन,’ उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘अनावश्यक र सस्तो लोकप्रियताका लागि तथ्य र प्रमाणबिना सरकारले कसैलाई पनि छुँदैन ।’

उपप्रधानमन्त्री श्रेष्ठ माओवादी केन्द्रको प्रवास समन्वय समिति इन्चार्ज समेत हुनुहुन्छ । उहाँलाई माओवादी केन्द्रको प्रवास समन्वय समितिले बधाइ तथा शुभकामना व्यक्त गरेको थियो । सरकारको यो कदमलाई विश्वभर रहेका नेपालीहरूको साथ र समर्थन रहेको केन्द्रले जानकारी गराएको थियो । साथै केही विषयमा श्रेष्ठको ध्यानाकर्षण पनि गराएको थियो ।

समन्वय केन्द्रले ठगी, मानव तस्करी, सरकारी कागजात कीर्ते र राज्यविरुद्धको अपराध गर्नेहरूमाथि कडा कारबाही गर्नु जरुरी रहेकोमा ध्यानाकर्षण गराएको थियो ।

समन्वय केन्द्रको ध्यानाकर्षणपछि उपप्रधानमन्त्री श्रेष्ठले निर्दोष नपरुन् भन्नेमा सरकार सचेत रहेको बताउनुभयो । साथै दोषी देखिएकाहरूलाई कुनै पनि हालतमा नछाड्ने दृढता पनि व्यक्त गर्नुभयो । यो कार्यमा आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दह्रो साथ दिनुभएको श्रेष्ठको भनाइ छ ।

भेटमा प्रवास समन्वय केन्द्रले वैदेशिक रोजगारीका नाममा हुने ठगी र बेचबिखनलगायत प्रवासी नेपालको समस्या समाधानका लागि सरकारको नीति कार्यक्रममार्फत ‘अधिकारसम्पन्न आयोग’ गठन गर्नुपर्ने माग गरेको छ । त्यस्तै सरकारले गरेको कामको समर्थन गर्न सम्पूर्ण पार्टीपङ्क्ति एकताबद्ध हुनुपर्ने खाँचो पनि औल्याइएको छ ।

प्रवास समन्वय केन्द्रका अध्यक्ष ओम शर्माको नेतृत्वमा गएको टोलीमा सहईन्चार्ज लक्ष्मण पन्त, सचिव टेकबहादुर पाठक, कार्यालय सदस्य इन्द्रराज भट्टराई, सदस्यहरू सुरेन्द्र भुसाल, मनऋषि धिताल, डा. कृष्ण कुमार श्रेष्ठ, रमेश तिवारी, हर्क थापालगायतको उपस्थिति थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ