नक्क्ली भुटानी शरणार्थी प्रकरणमा पूर्व सभासद शेर्पासँग आज पनि बयान लिइने

नक्क्ली भुटानी शरणार्थी प्रकरणमा पूर्व सभासद शेर्पासँग आज पनि बयान लिइने

  • बिहिबार, जेष्ठ ४, २०८०
  • मिर्मिरे अनलाइन

  • 1.8K
    SHARES

काठमाडौं, ४ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पासँग आज पनि बयान लिइँदैछ ।

बुधबार बयान नसकिएकाले आज पनि लिन लागिएको जिल्ला सरकारी वकिलको कार्यालयले जानकारी दिएको हो । शेर्पाले सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।

यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई नपोल्न आग्रह गर्दै पूर्वसांसद शेर्पाले ठगी गिरोहका सदस्यसँग हिरासतमै भेट गरेको भनिएको थियो । प्रकरणमा पक्राउ परेकाहरूमध्ये अहिलेसम्म १३ जनाको बयान सकिएको छ ।

बिहिबार शेर्पाको पनि बयान सकिएपछि छानविन प्रतिवेदन तयार पारेर सरकारी वकिलको कार्यालयमा बुझाउने प्रहरीको तयारी छ । अभियुक्तहरुविरुद्ध कम्तिमा ५ मुद्दा आकर्षित हुनेछ । प्रहरीले संगठित अपराध, ठगी, राज्यविरुद्धको कसुर, लिखतसम्बन्धी कसुर र भ्रष्टाचार कसुरमा मुद्दा दायर गर्ने तयारी गरिरहेको छ ।

पछिल्लो सयम जिल्ला सरकारी वलिकको कार्यालयबाटै राज्यविरुद्धको कसुरमा पनि मुद्दा चलाउन निर्देशन आएको स्रोतले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ