कांग्रेस भन्ने एउटा पार्टी छ, हावा न चावाको, राजनीतिक संज्ञा दिन पनि मन लाग्न छाडिसक्योः अध्यक्ष ओली

कांग्रेस भन्ने एउटा पार्टी छ, हावा न चावाको, राजनीतिक संज्ञा दिन पनि मन लाग्न छाडिसक्योः अध्यक्ष ओली

  • बुधबार, जेष्ठ ३, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

जेठ ३, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई राजनीतिक संज्ञा दिन पनि मन नलाग्ने स्थितिमा पुगेको आरोप लगाएका छन् ।

बुधबार काठमाडौंमा मदन–आश्रितको ३१ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उनले कांग्रेस किं कर्तव्यविमूढ भएको बताए । अहिलेको गठबन्धन सत्ता र सरकार प्राप्त गर्नमात्रै गरिएको गठबन्धन भएको पनि ओलीको आरोप छ । अध्यक्ष ओलीले वर्तमान गठबन्धनलाई नीति, कार्यक्रम, उद्देश्यविहीन भएको उनको भनाई छ ।
देशको परिस्थिति चिन्ताजनक रहेको भन्दै अध्यक्ष ओलीले अहिलेको यो गठबन्धन सत्तामा मात्रै सीमित रहेको र गठबन्धनले राजनीतिलाई हलुका रुपमा लिइरहेको बताए ।

उनले भने, ‘अहिलेको राजनीतिलाई जसरी अत्यन्तै हल्काफुल्का ढंगले लिइएको छ, खासगरी सत्ताधारी गठबन्धनले, त्यो दुःखद कुरा हो । देशको परिस्थिति अत्यन्त गम्भीर छ । अत्यन्त जटिल छ । नेपाली कांग्रेस भन्ने एउटा पार्टी छ, हावा न चावाको । कुनै राजनीतिक संज्ञा दिन पनि मन लाग्न छाडिसक्यो ।’

देश यस्तो गम्भीर परिस्थितिमा रहँदा पनि एउटा लामो इतिहास बोकेको नेपाली कांग्रेस किं कर्तव्यविमूढ भएको बताउँदै उनले भने, ‘भोलि कहाँ जाने केही थाहा छैन भन्नेजस्तै छ, आज कसरी देशलाई सही बाटोमा लैजाने सोच्ने अवस्थामा छैन । यसको अर्थ हाम्रो पार्टी एक्लैले यो अभिभारा वस्तुतः पूरा गर्नुपर्ने परिस्थिति बनेको छ, यो सहज छैन ।’

अध्यक्ष ओलीले राजनीति भयावह अवस्थाबाट गुज्रिरहेको बताउँदै अहिलेको सत्ता गठबन्धन टिक्छ कि टिक्दैन भन्नेमा मात्रै सीमित रहेको दाबी समेत गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ