नक्कली भुटानी शरणार्थी छानबिनको विषय सदनलाई जानकारी गराउन एमालेको माग

नक्कली भुटानी शरणार्थी छानबिनको विषय सदनलाई जानकारी गराउन एमालेको माग

  • सोमवार, जेष्ठ १, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

जेष्ठ १, काठमाडौँ । नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिनको विषयमा सदनमा जारी दिन माग गरेको छ । एमाले सांसद ठाकुर गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणमा के भईरहेको छ भन्ने बिषयमा संसद्‌मा छानबिनसहितको विषयमा संसदलाई जानकारी गराउन माग गरेका हुन् ।उनले सरकारलाई संसद्‌मा छानबिनसहितको विषयमा जानकारी गराउन रुलिङको माग समेत गरे ।

‘यस्तो जघन्य अपराधमा विषयमा आजसम्म सरकारले यो सार्वभौम संसद्‌मा यति छानबिन भएको छ यति प्रगति भएको छ नेपाल सरकारलाई भन्न के कारणले समस्या भइरहेको छ,ु गैरेले भने, ‘आज भ्रष्टाचारविरुद्ध देश आन्दोलित छ । अन्तर्राष्ट्रिय समुदायको ध्यानाकृष्ट भएको छ । यसको अनुसन्धानमा ढिला सुस्ती केही आलटाल किन भइरहेको छ । यसमा निष्पक्ष छानबिनको विषयमा जनतालाई विश्वास छैन । ‘

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर पठाउन खोज्ने पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहित १३ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ