प्रधानमन्त्री प्रचण्ड र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाबीच संयुक्त बैठकबारे छलफल

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाबीच संयुक्त बैठकबारे छलफल

  • सोमवार, जेष्ठ १, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

जेठ १, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच आज भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रचण्ड र तिमिल्सिनाबीच संसद् प्रभावकारी बनाउने विषयमा छलफल भएको बताइएको छ ।

उनका अनुसार संसद्को चालू बजेट अधिवेशनलाई प्रभावकारी बनाउने र सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसदको संयुक्त बैठक कहिले बस्नेलगायतका विषयमा छलफल भएको छ।

सरकारले जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान छ। त्यस अगाडि नै सरकारले नीति तथा कार्यक्रम ल्याउनेछ।

यसैगरी भेटमा रसियाले नेपाललाई १२ वटा क्षेत्रमा झण्डै २० अर्बको सहयोग गर्ने प्रस्ताव पठाएको प्रधानमन्त्रीलाई जानकारी दिए। पोखरा-रिडी सडक, रसियासँग सोझो हवाई सेवा सुरू गर्ने, रासायनिक मल र गहुँ आयात गर्ने, नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने, कान्ति बाल अस्पताल स्तरोन्नती लगायतका विषयमा कुराकानी भएको बताइएको छ । अघिल्लो साताको भएको भ्रमणमा छलफल भएका विषयलाई नेपाल सरकारको तर्फबाट प्रक्रिया अगाडि बढाउन राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ