नीति तथा कार्यक्रमबारे तीन दलका नेताबीच छलफल

नीति तथा कार्यक्रमबारे तीन दलका नेताबीच छलफल

  • आइतवार, बैशाख ३१, २०८०
  • मिर्मिरे अनलाइन

  • 1.5K
    SHARES

३१ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गर्नका लागि संसद्‌मा प्रतिनिधित्व गर्ने तीन ठूला राजनीतिक दलका नेताहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथि तीन राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहेका हुन् ।

कांग्रेस, एमाले र माओवादी केन्द्रका संसदीय दलका नेता र प्रमुख सचेतकहरू छलफलमा सहभागी रहेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताए ।

छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख सचेतक रमेश लेखक, एमाले संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवासचन्द्र नेम्वाङ, माओवादी केन्द्रका प्रमुख सचेतक हितबहादुर पाण्डे सहभागी छन् । छलफलमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का पनि सहभागी रहेका छन् ।

संसद्लाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा पनि छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री दाहाल, देउवा र ओ‌लीले त्यसअघि तीन जनाको मात्रै बैठक बसेका थिए ।

यसअघि तीन दलका शीर्ष नेताहरुमात्र पटक–पटक छलफलमा बस्दा शंका उत्पन्न भएको भन्दै रास्वपाका सभापति रवि लामिछानेले गुनासो गर्नुभएको थियो । शीर्ष नेताहरुको बैठक शंकास्पद भन्दै नागरिक तहमा पति तीव्र असन्तुष्टी बढिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ