कालापानी लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग हो, नेपाल भारतको सीमालाई चुस्त राख्‍नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

कालापानी लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग हो, नेपाल भारतको सीमालाई चुस्त राख्‍नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

  • शनिबार, बैशाख ३०, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

वैशाख ३०, काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भारत दुई मुलुकबीचको भौगोलिक सीमालाई सम्पूर्ण रुपले चुस्त र स्पष्ट राख्नुपर्ने बताएकी छिन् ।

पूर्वराष्ट्रपति भण्डारीले कालापानी लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग भएको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले नेपाल–भारतबीच भौगोलिक सीमालाई चुस्त र स्पष्ट राख्नुपर्ने बताएकी हुन् ।
शनिबार काठमाडौंमा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र डा. अच्युत गौतमद्वारा संयुक्त रुपमा लिखित एक पुस्तक बिमोचन कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले दुई देशबीचको सदिऔंदेखि रहँदै आएको जनस्तर, सांस्कृतिक र कूटनीतिक सम्बन्धलाई थप सुदृढ र सुमधुर बनाउन पनि भौगोलिक सीमासम्बन्धी सबै समस्या हल गरेर अघि बढ्नैपर्ने बताइन् ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालले आफ्नो नक्सामा समावेश गरेर संविधानको अंग बनाएसँगै मुलुकको सार्वभौमिकता, राष्ट्रिय एकता र राष्ट्रियताप्रति ऐतिहासिक रुपमै नयाँ चेतनाको सञ्चार भएको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले त्यसलाई कार्यान्वयनमा लैजान दुई मुलुकका राजनीतिक तथा कूटनीतिक नेतृत्वले विशेष ध्यान दिनुपर्ने सुझाव दिइन् ।

‘दुई देशबीचको सीमाको सबैले सम्मान गर्नु पर्दछ । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग हुन् । हाम्रो देशको नक्सामा संसदले कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समाविष्ट गरेर त्यसलाई संविधानको अंग बनाएपछि मुलुकको सार्वभौमिकता, राष्ट्रिय एकता र राष्ट्रियताका सन्दर्भमा ऐतिहासिक रुपमै नयाँ चेतनाको सञ्चार भएको छ । भौगोलिक अखण्डता र देश प्रेमप्रतिको अटल विश्वास प्रदर्शित भइरहेको उनले भनिन्, नेपाली भूभागको यस विषयलाई व्यवहारिक निष्कर्षमा लैजान काली नदीको मुहानका बारेमा इतिहासका प्रसंगलाई हामीले फेरि एक पटक महत्वका साथ स्मरण गर्नुपर्छ।

मित्रराष्ट्र भारतसँगको सीमाबारे बोल्ने क्रममा उनले दुई देशबीचको भौगोलिक सिमानालाई सम्पूर्ण रुपले चुस्त र स्पष्ट राख्नुपर्ने बताएकी थिइन् । जसले दुई देशबीच सदिऔंदेखिको जनस्तर, सांस्कृतिक र कूटनीतिक सम्बन्धलाई थप सुदृढ र सुमधुर बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास रहेको उनको भनाइ थियो ।

यस्तै उनले एक राष्ट्रले अर्को राष्ट्रको संवेदनशीलतालाई ख्याल गरेर अघि बढ्दा मात्रै आपसी सम्बन्ध अझ सदृढ र विश्वाशिलो बनाउन सकिने स्मरण गराएकी थिइन् । साथै नदी प्रणालीको संरक्षण र संवर्द्धन गरी अघि बढ्न सके नेपालले आर्थिक रुपमा ठूलो प्रगति गर्ने समेत उनले बताएकी थिइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ