दुबईबाट आएका तीन जना १५ तोला सुनसहित पक्राउ, सुन लिन आएकालाई पनि प्रहरीले नियन्त्रणमा लियो

दुबईबाट आएका तीन जना १५ तोला सुनसहित पक्राउ, सुन लिन आएकालाई पनि प्रहरीले नियन्त्रणमा लियो

  • शनिबार, बैशाख ३०, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

वैशाख ३०, काठमाडौं । दुबईबाट काठमाडौं आइपुगेका तीन जनालाई आज प्रहरीले करिब १५ तोला सुनसहित पक्राउ गरेको छ । हिमालयन एयरलायन्सको विमानबाट आज काठमाडौं आइपुगेका उनीहरूलाई भन्सार क्षेत्रमा खानतलासी गर्दा सुन बरामद भएको हो।
पक्राउ पर्नेमा मध्यपुर थिमीका सुमन मगर, झापाकी विमला दर्जी र बुटवलकी सिर्जना रायमाझी छन्। विमानस्थलको भन्सार क्षेत्रमा चेकजाँच गर्दा सुमनको साथबाट ५५ ग्राम सुन बरामद भएको थियो। त्यस्तै विमला र सिर्जनाले ल्याएको ६० ६० ग्रामको सुनको औंठी बरामद भएको विमानस्थल प्रहरी स्रोतले जानकारी दिएको छ।

सोधपुछ गर्दा तीनै जनाले उक्त सुन आफूहरूको नभएको बताएका थिए। अरुको सुन बोकेर आएको बताएपछि प्रहरी उनीहरूलाई पछ्याउँदै पार्किङ क्षेत्रसम्म पुगेको थियो।
पार्किङ क्षेत्रमा सुन लिन बसेका रामेछापका सुरेन श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ। दुबईबाट फर्किएका तीनै जनाले भरियाका रूपमा सुन ल्याएको प्रहरीको भनाइ छ।

ुवैदेशिक रोजगारीमा गएकाहरूलाई प्रलोभन देखाएर सुनको भरिया बनाउने गिरोह अहिले सक्रिय रहेको प्रहरी बताउछ । प्रहरीले त्यसतर्फ विशेष निगरानी बढाएको छ। आज पक्राउ परेका त्यस्तै गिरोहमध्येको एक हो। यस विषयमा हामी थप अनुसन्धान गरिरहेका छौं,ु विमानस्थल प्रहरीले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ