वैशाख ३०, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकमा वार्षिक कार्ययोजना बनाउने बिषयमा छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकले जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र गैरभौगोलिकसहित ८ प्रदेशले पेश गरेको प्रतिवेदन र समूहगत छलफलमा उठेका सवाललाई एकीकृत रूप दिएर वार्षिक कार्ययोजना बनाउने छ ।
स्थायी कमिटीले पास गरेको कार्ययोजना आज दिउँसो बस्ने केन्द्रीय कमिटी बैठकमा कार्ययोजना प्रस्तुत हुनेछ।
१० एजेण्डा तय गरेर बोलाइएको एमाले केन्द्रीय कमिटीको पाँचौं बैठक आज सम्पन्न हुँदैछ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline