टोपबहादुरको निवेदन संसद सचिवालय पुर्याउने व्याक्ति सीआईबीको निगरानीमा, प्रहरीले लग्यो सीसीटीभी फुटेज

टोपबहादुरको निवेदन संसद सचिवालय पुर्याउने व्याक्ति सीआईबीको निगरानीमा, प्रहरीले लग्यो सीसीटीभी फुटेज

  • शुक्रबार, बैशाख २९, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

वैशाख २९, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीको खोज्न संसद्‍ सचिवालयबाट सीसीटीभी फुटेज लगेको छ ।

रायमाझीको बिरामी बिदाको आवेदन बोकेर आउने व्यक्तिको पहिचान गर्नका लागि प्रहरीले संसद सचिवालयको सीसीटीभी फुटेज लगेको हो ।

संसद्‍ सचिवालयका सचिव रोजनाथ पाण्डेले मंगलबार बिहान १० बजेदेखि ५ बजेसम्म संसद्‍ सचिवालयका चार वटा सीसीटीभी क्यामेराको फुटेज लगिएको जानकारी दिए। नक्कली शरणार्थी प्रकरणमा प्रहरीले वैशाख २० गते पक्राउ पुर्जी जारी गरेपछि रायमाझी बेपत्ता भएका छन् ।

मंगलबार रायमाझीले आफू बिरामी रहेको भन्दै संसद्‍ सचिवालयमा चिठ्ठी पठाएका थिए । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अवैध योजनामा संलग्न रहेको भन्दै पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

एमालेका रायमाझी भने फरार छन् ।कांग्रेसका खाँण पक्राउ परेपछि एमालेले रायमाझीलाई सचिवबाट निलम्बन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ