प्रधानमन्त्री प्रचण्डलाई भेटर राजेन्द्र लिङ्देन भने, भ्रष्टाचारका पुराना फाइल पनि खोल्नुस्

प्रधानमन्त्री प्रचण्डलाई भेटर राजेन्द्र लिङ्देन भने, भ्रष्टाचारका पुराना फाइल पनि खोल्नुस्

  • शुक्रबार, बैशाख २९, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

वैशाख २९, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर भ्रष्टाचारका पुराना फाईल पनि खोल्न आग्रह गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरवार पुगेर अध्यक्ष लिङ‍देनले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन्। सो क्रममा अध्यक्ष लिङ्देनले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएका थिए।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानलाई गहनरुपमा अघि बढाउन प्रधानमन्त्रीसँग आग्रह गरे। भ्रष्टाचारीको कुनै जात,धर्म,लिंग र पार्टी नहुने भन्दै भ्रष्टाचारका पुराना फाइल खोल्‍नुपर्ने उनको माग थियो।

‘नक्कली भुटानी शरणार्थीको अनुसन्धान प्रक्रिया रोकिनु हुँदैन । अनुसन्धान अघि बढाए जस्तो गर्ने तर अन्त्यमा फासफुस हुने काम नहोस्,’ ज्ञापन पत्रमा उल्लेख छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जो कोहि भए पनि उम्कन नहुने भन्दै अध्यक्ष लिङदेनले भने, ‘विगतमा भएका भ्रष्टाचारका ठूलाठूला फाइलहरू पनि खोल्नु पर्यो, उच्च पदस्थ नेता होउन वा कर्मचारी । जो -जो संलग्न छन् । सबैमाथि छानबिन होस् ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस केन्द्रीय सदसय एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँडसहित पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’, थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई,बहालवाला सचिव टेकनारायण पाण्डेसहित १२ जना पक्राउ परिसकेका छन्। पक्राउ पुर्जी जारी भएका एमाले सांसद टोपबहादुर रायमाझी भने अझै फरार छन्।

यस्तै पूर्वगृहमन्त्री बादलको सुरक्षा सल्लाहकार राईका छोरा निरज राई पनि फरार छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ