मधेश सरकार परिवर्तन हुँदैन, जनमतको विषयमा सोच्नु पर्छः उपेन्द्र यादव

मधेश सरकार परिवर्तन हुँदैन, जनमतको विषयमा सोच्नु पर्छः उपेन्द्र यादव

  • शुक्रबार, बैशाख २९, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

२९ वैशाख, जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले मधेश सरकार परिवर्तन नहुने स्पष्ट पारेको छ ।
आज बिहान जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यादवले केन्द्रमा रहेको पाँचदलीय गठबन्धनको सरकारको संयुक्त रुपमा मधेश सरकार अघि बढ्ने बताए ।

‘पाँचदलीय गठबन्धनको संयुक्त सरकारको रुपमा अघि बढ्ने बताउदै यादवले भने, यसै सरकारमा मन्त्री मण्डल हेरफेर वा पुनर्गठन हुन्छ । चाँडै हुन्छ । कुराकानी भइरहेको छ ।’

जनमत पार्टीलाई मधेश सरकारबाट हटाउने वा निरन्तरता दिने भन्ने जिज्ञासामा उनले त्यसको जिम्मा प्रधानमन्त्री प्रचण्डलाई दिएको बताए ।

जनमतले गठबन्धनमा पनि बस्ने र स्वतन्त्र जस्तो हिड्ने व्यवहार गरेकाले यस विषयमा विचार गर्नपर्ने उनको भनाइ छ ।

‘गठबन्धनमा उपराष्ट्रपतिको एउटा उम्मेदवार थियो । उहाँहरू छुट्टै आफ्नो उम्मेदवार दिनुभयो । गठबन्धनमा पनि बस्ने र स्वतन्त्र जस्तो पनि हिड्ने व्यवहार गर्ने हो भने त्यस विषयमा विचार त गर्नै पर्छ’, यादवले भने ।

केन्द्र सरकारबाट बाहिरिए पनि मधेश सरकारमा जनमतका दुईवटा मन्त्री छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ