बालकृष्ण खाँणलाई निलम्बनबारे कांग्रेसमा मतभेद

बालकृष्ण खाँणलाई निलम्बनबारे कांग्रेसमा मतभेद

  • शुक्रबार, बैशाख २९, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

वैशाख २९, काठमाडौँ । नेपाली कांग्रेस भित्र नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ गरेका पूर्वगृहमन्त्री तथा केन्द्रिय सदस्य बालकृष्ण खाँणलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा मतभेद देखिएको छ । निलम्बनका विषयमा पार्टी पदाधिकारीबीचमै विवाद देखिएपछि बिहीबार दोस्रो दिन बसेको पदाधिकारी बैठक पनि निष्कर्षबिहिन भएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा नै खाँणलाई पदीय जिम्मेवारीबाट निलम्बन गर्ने पक्षमा नभएकाले पदाधिकारी बैठकले निष्कर्ष निकाल्न नसकेको एक नेताको भनाई छ ।

कांग्रेस पदाधिकारी बैठकमा उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अनुसन्धानमा सहयोग पुर्‍याउन र पार्टीको छवि जोगाउन खाँणलाई निलम्बन गर्नुपर्ने धारणा राखेका थिए ।

त्यसको चर्को प्रतिवाद गर्दै संस्थापनपक्षीय सहमहामन्त्री महेन्द्र यादवले खाँणलाई फसाउन खोजिएको दाबी गर्दै कुनै पनि हालतमा निलम्बन गर्न नहुने अडान लिएका थिए । उनले खाँणको पक्राउ नै सुनियोजित भएको तर्क गरेका थिए ।

खाँणलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा बैठकमा केही छिन चर्काचर्की परेको थियो । त्यसपछि महामन्त्री थापाले खाँण आफैंले ‘अनुसन्धानका लागि सहयोग पुर्‍याउन जिम्मेवारीबाट अलग हुन्छु’ भन्दा उत्तम हुने विकल्प सुझाएका थिए । निलम्बन गर्नुपर्छ भन्ने पक्षमा नरहे पनि पार्टी प्रवक्ता एवं अर्थमन्त्री प्रकाशरण महत थापाको विकल्पप्रति सकारात्मक देखिएका थिए ।

कांग्रेसका पूर्वउपसभापति बिमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भने खाँणले अनुसन्धानमा सहयोग गर्ने भनिरहेकाले तत्काल निलम्बन गर्न आवश्यक नभएको तर्क गरेका थिए । ‘
नक्कली शरणार्थी बनाउनु संगठित र गम्भीर अपराध मात्रै नभएर राष्ट्रघाती काम रहेको तर्क गर्दै महामन्त्रीद्वय थापा र शर्माले यसलाई गम्भीर रूपमा लिन नेतृत्वलाई आग्रह गरेका थिए ।

तर देउवाले अझै परामर्श गर्ने भनेर टारेका थिए । पार्टी पदाधिकारी बैठकमा सहमति बनाएर केन्द्रीय कार्यसम्पादनको बैठकबाट निलम्बनको निर्णय लिनुपर्ने पक्षमा महामन्त्रीद्वय देखिए पनि देउवाले तत्काल कुनै बैठक नबोलाउने संकेत गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ