पदाधिकारी बैठकअघि देउवाले भेटे प्रधानमन्त्री

पदाधिकारी बैठकअघि देउवाले भेटे प्रधानमन्त्री

  • बिहिबार, बैशाख २८, २०८०
  • मिर्मिरे अनलाइन

  • 1.9K
    SHARES

वैशाख २८, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक अघिप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्।
पार्टी पदाधिकारी बैठकअघि सभापति देउवा बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन्।

भेटमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउँद सहभागी थिए। बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा छलफल भएको बताइएको छ।

कांग्रेस पदाधिकारी बैठक आजै बस्दैछ। भुटानी शरणार्थी ठगी प्रकरणमा कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि सोही विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो।

यसअघि बुधबार पनि पदाधिकारी बैठक बसेको थियो। बैठकमा प्रहरी हिरासतमा रहेका केन्द्रीय सदस्य खाँणलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा दुईथरी धारणा आएपछि आज पुन: बैठक बस्ने गरी स्थगित भएको थियो।

आजको बैठकले सोही विषयमा निर्णय गर्नेछ। बैठकमा पूर्वपदाधिकारीलाई समेत बोलाइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ