अनुसन्धानले जसलाई दोषी देखाउँछ, त्यसलाई प्रहरीले छोड्दैन: गृहमन्त्री श्रेष्ठ

अनुसन्धानले जसलाई दोषी देखाउँछ, त्यसलाई प्रहरीले छोड्दैन: गृहमन्त्री श्रेष्ठ

  • बुधबार, बैशाख २७, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

२७ वैशाख, काठमाडौं। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्कन नसक्ने बताएका छन् । अनुसन्धानले माग गर्ने हदसम्मका व्यक्ति तानिएको भन्दै गृहमन्त्री श्रेष्ठले यो प्रकरणमा अनुसन्धानले दोषी देखाएका जो सुकै व्याक्ति भएपनि प्रहरीले नछाड्ने बताए ।

सिंहदरबारमा सन्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा आर्थिक रूपमा संगठित ठगी भएको देखिएको बताए । गृहमन्त्री श्रेष्ठले भने, ‘अनुसन्धानको प्रक्रिया अगाडि बढेको छ। अनुसन्धानले माग गर्ने हदसम्म विभिन्न व्यक्तिहरू तानिनुभएको छ।असन्धानले जसलाई दोषी देखाउँछ, त्यसलाई प्रहरीले छोड्दैन।’

श्रेष्ठले आज शीर्ष नेताहरुसँग आफ्नो भेट नभएको र हिजो बालुवाटारमा भएको बैठकमा शीर्ष नेताहरुसँग अनुसन्धानमा सहयोग पुर्‍याउन आग्रह गरेको बताए । ‘आज मेरो विपक्षी दलका नेतासँग भेट भएन,’ उनले भने, ‘उहाँहरूको फरक विषय संसद र संवैधानिक समितिसम्बन्धी विधेयक र शान्ति प्रक्रियाबारे कुरा थियो।’

गृहमन्त्री श्रेष्ठले निष्पक्ष ढंगले अनुसन्धान अघि बढाउन र त्यसलाई निष्कर्षमा पुर्‍याउन लागि परेको पनि बताए । श्रेष्ठले आज शीर्ष नेताहरुसँग आफ्नो भेट नभएको र हिजो बालुवाटारमा भएको बैठकमा शीर्ष नेताहरुसँग अनुसन्धानमा सहयोग पुर्‍याउन आग्रह गरेको बताए ।

‘आज मेरो विपक्षी दलका नेतासँग भेट भएन,’ उनले भने, ‘उहाँहरूको फरक विषय संसद र संवैधानिक समितिसम्बन्धी विधेयक र शान्ति प्रक्रियाबारे कुरा थियो।’

गृहमन्त्री श्रेष्ठले पूर्वमा भएको आक्रमणका सन्दर्भमा कुराकानी आफूले केही दिन एमाले अध्यक्ष केपी ओलीलाई निवासमै भेटको र नक्कली शरणर्थी प्रकरणको छानविनमा सहयोग मागेको समेत जानकारी दिए।

‘उहाँ पूर्वमा हुँदा आक्रमण प्रयास भयो, मैले दुःख प्रकट गर्न र सुरक्षा गर्न प्रतिबद्ध छौं भनेर फोन गरेर काठमाडौं आएपछि भेट्छु भनेको थिएँ,’ श्रेष्ठले भने, ‘त्यसपछि मैले उहाँलाई केही दिनअघि निवासमै गएर भेटेँ ।

सो भेटका क्रममा आफुले अनुसन्धानमा सहयोग र आडभरोसाको माग गरेँको जानकारी दिँदै उनले ओलीले निर्दोष नछुट्नेगरी र दोषी नफस्नेगरी काम गर्नु भन्नुभएको पनि सुनाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ