प्रहरी अनुसन्धानमा डिस्टर्ब नगर्ने तीन दलका शिर्ष नेताबीच सहमती

प्रहरी अनुसन्धानमा डिस्टर्ब नगर्ने तीन दलका शिर्ष नेताबीच सहमती

  • बुधबार, बैशाख २७, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

२७ वैशाख, काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा भईरहेको प्रहरी अनुसन्धानमा कुनै प्रकारको हस्तक्षेप, अबरोध नगर्ने तीन दलका शिर्ष नेताबीच सहमती भएको छ ।
सिंहदरबारमा बुधबार भएको तीन दलको बैठकमा प्रहरी अनुसन्धानमा डिस्टर्ब गर्नुहुन्न भन्ने सहमती भएको हो । बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भुटानी शरणार्थी प्रकरणमा थालेको प्रहरीको अनुसन्धानमा डिस्टर्ब गर्न नहुने तीन दलमा सहमती भएको जानकारी दिए ।

उनले भने, ‘हामीले स्पष्ट भाषामा भनेका छौं । दोषी नछुटून् र निर्दोष नपरून्। प्रहरीले आफ्नो काम गरिरहेको छ । जे भइरहेको छ नियम र विधि पद्धतिअनुसार काम भइरहेको छ । प्रहरीको अनुसन्धानमा कुनै डिस्टर्ब गर्नुहुन्न भन्नेमा हाम्रो सहमति भएको छ ।’

उनले मिडियामा प्रचार भएजसरी तीन दलका शीर्ष नेताहरुको भेट नभएको उनको भनाइ छ। उनले सदन कसरी अगाडी बढाउने समितिहरु कसरी बनाउने विषयमा छलफल मात्रै भएको बताए ।
उनले भने, ‘ मिडियामा प्रचार भएजसरी तीन जनाको भेट भएको होइन । सदन कसरी अगाडि बढाउने, समितिहरू कसरी बनाउने भन्नेबारे छलफल भएको हो । आशंका गर्नुपर्ने कारण छैन ।’ अहिलेको प्रहरी अनुसन्धान प्रक्रियामा भने कसैले डिस्टर्व नगर्ने सहमती भएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ