नक्कली शरणार्थी प्रकरण जस्तो अपराधमा संलग्न कसैलाई पनि उन्मुक्ति दिन मिल्दैनः लिङ्देन

नक्कली शरणार्थी प्रकरण जस्तो अपराधमा संलग्न कसैलाई पनि उन्मुक्ति दिन मिल्दैनः लिङ्देन

  • बुधबार, बैशाख २७, २०८०
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

वैशाख २७, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानको वास्तविक अवस्था सदनलाई जानकारी गराउन माग गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा अध्यक्ष लिङ्देनले यस्तो जघन्य अपराधमा संलग्न कसैलाई पनि उन्मुक्ति दिन नमिल्ने भन्दै सदनलाई वास्तविकता जानकारी गराउन माग गरेका हुन् ।

‘अहिले नक्कली भुटानी शरणार्थीको नाममा जुन काण्ड भएको छ, जुन चर्चा भइरहेको छ, त्यो केवल आर्थिक भ्रष्टाचारमात्रै होइन, त्यो ठगी राज्यविरुद्धको अपराध, संगठित अपराध र सरकारी कागजी किर्तेसम्बन्धी अपराध हो, यो जघन्य अपराध हो,’ उनले भने, ‘यसमा संलग्न कसैलाई पनि छुट दिने कल्पना नगरौँ । यस्तो कार्यमा संलग्न कसैलाई पनि उन्मुक्ति दिन मिल्दैन ।’

उनले सरकारले सो प्रकरणका विषयमा नागरिकलाई स्पष्ट पार्न नसक्दा सरकारको नियत र शीर्ष नेताहरूको भेटघाटलाई समेत शंकाको नजरले हेर्न थालिएको बताए । यसमा पूर्व उपप्रधानमन्त्री, गृहमन्त्रीहरुको नाम जोडिएर आउनु लज्जास्पद भएको उनले बताए ।

उनले अघि भने, ‘यस्तो जघन्य अपराधमा संलग्न कुनै पनि मानिसलाई छुट दिने त कल्पना नगरौं, कमजोर बनाउने काम सम्म कसैले गर्न हुन्न ।’

त्यसअघि राप्रपाले समसामयिक विषयमा बोल्न माग गर्दै बैठकमा अवरोध पुर्‍याएको थियो । राप्रपाले नाराबाजी गरेपछि सभामुखले बैठक नै स्थगित गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ