टोपबहादुर रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा सघाउनुपर्छः एमाले

टोपबहादुर रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा सघाउनुपर्छः एमाले

  • मङ्लबार, बैशाख २६, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

वैशाख २६, काठमाडौँ । नेकपा एमालेले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएर ठगी गरेको विषयमा जोडिएका पार्टी सचिव टोपबहादुर रायमाझीलाई कानुनी प्रक्रियामा सघाउनुपर्ने ठहर गरेको छ ।

पक्राउ पूर्जी जारी भएपछि रायमाझी अहिले फरार छन् । आसन्न केन्द्रीय कमिटी बैठकका एजेन्डामा छलफल गर्न मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले रायमाझीबारे आन्तरिक कारबाही वा अनुसन्धानबारे केही निर्णय नलिइ उनले कानुनी प्रक्रियामा सघाउनुपर्ने ठहर गरेको हो । एमालेले नेता रायमाझीलाई कारबाही गर्ने अनुमान गरिए पनि उनी अहिले नै दोषी देखिई नसकेकाले कारबाही गर्नबाट भने पछि हटेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएपनि एमालेले तत्कालका लागि पर्ख र हेर को रणनीति अंगीकार गर्दै तत्काल उनीमाथि कारबाही गर्ने मनस्थिति देखाएको छैन ।

‘बैठकपछि सन्चारकर्मीसँग बोल्दै प्रचार विभाग प्रमुख एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टी सचिव टोपबहादुर रायमाझीले विधिपूर्वक कानुनसम्मत सघाउनुपर्छ भन्ने निश्कर्ष निकालिएको जानकारी दिए । गुरुङले भने, जुन अनुसन्धानको प्रक्रियामा कमरेड टोपबहादुर रायमाझीको नाम आएको छ । कानुन र विधिको शासन मान्ने पार्टी भएको हुनाले विधि र कानुनपूर्वक अनुसन्धान गर्ने प्रक्रियालाई सघाउनुपर्ने हाम्रो निर्णय छ।’

रायमाझीलाई कारबाहीबारे पत्रकारले सोधेको प्रश्नमा गुरुङले प्रतिप्रश्न गर्दै भने, ‘अनुसन्धान निष्कर्षमा पुगिसकेको छ र ? दोषी ठहर भइसकेको होर ? अहिले त अनुसन्धानको प्रारम्भमात्रै छ । यस्ता कुरामा हतार गरेर हुँदैन ।’

भविष्यको सम्भावित सत्ता समीकरणमा एक–एक सांसदको महत्त्वपूर्ण भूमिका हुने भएकाले रायमाझी निलम्बनमा नपरून् भन्ने एमाले शीर्ष नेताको चाहना छ । पक्राउ पुर्जी जारी हुँदा गृहजिल्ला अर्घाखाँचीमा रहेका रायमाझी काठमाडौं आउँदै गर्दा बुटवलबाट फरार भएका छन् ।

ठगी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव रायमाझीको घरमा प्रहरीले मंगलबार छापा मारेको छ । सातदोबाटोस्थित रायमाझीको घरमा काठमाडौं प्रहरी परिसरको टोलीले छापा मारे पनि आरोपित रायमाझी भने भेटिएका छैनन । प्रहरीले रायमाझीविरुद्ध प्रमाण प्रस्तुत गरेर गत बुधबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको केही घण्टादेखि उनी फरार छन् ।

फरार हुनुपूर्व रायमाझीले पार्टीका को–को नेतासँग संवाद गरेका थिए भन्ने एमालेले केही बताएको छैन । यसबाहेक रायमाझीको पछिल्लो अवस्थाबारे पनि एमालेले केही स्पष्ट पारेको छैन । कांग्रेस र एमालेका नेताहरू जोडिएपछि नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनको निष्पक्षतामाथि पनि प्रश्न उठ्न थालेका छन् । पार्टीले सांसद रायमाझी आफैंले अनुसन्धानमा सघाउनुपर्ने निर्णय गरे पनि दोस्रो तहका नेताहरू भने उनलाई कारबाही नै गर्नुपर्ने पक्षमा देखिएका छन् ।

यो प्रकरण सतहमा आएपछि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचका भेटघाट अप्रत्याशित रूपमा बाक्लिएका छन् । तीन नेताबीच पनि मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट भएको थियो । यद्यपि भेटमा संसद्‍मा विचाराधीन विधेयक र संसदीय समितिका सभापतिहरूको विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।

रायमाझी सम्पर्कविहीन बनेकै साँझ प्रहरीले उनका छोरा सन्दीपलाई बुटवलबाट पक्राउ गरी काठमाडौं ल्याइसकेको छ । रायमाझीका बाबुछोरा नै शरणार्थी ठगी प्रकरणमा मुछिएका छन् । हिरासतमा रहेका गिरोहका सदस्यहरूले यो धन्दामा रायमाझीको संलग्नता रहेको बयान दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ