भन्सार विभागका महानिर्देशकसहित ४४ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?

भन्सार विभागका महानिर्देशकसहित ४४ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?

  • मङ्लबार, बैशाख २६, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

वैशाख २६, काठमाडौँ । सरकारले भन्सार विभागको महानिर्देशकसहित ४४ जना सहसचिवको सरुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई सरुवा गरेको हो ।

फाजिलमा रहेका कतिपय सहचिवहरूलाई दरबन्दीमा पठाएको छ भने कतिपयलाई फाजिलबाट अतिरिक्त समूहमा राखेको छ ।

भन्सार महानिर्देशक चक्रबहादुर बुढालाई पाँच महिनामा सरुवा गरेर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पठाइएको छ । उनी गत मंसिर २९ गते भन्सार महानिर्देशकमा सरुवा भएका थिए ।

सरकारले १८ जना सहसचिवलाई ‘कामकाज गर्नेगरी’ भन्ने भाषा प्रयोग गरेर खटाएको छ । कामकाजको अर्थ तत्काल सरुवा नगरी काम मात्र गर्नेगरी सरुवा गरिएको हो । ६ जना सहसचिवलाई गृह मन्त्रालय सरुवा गरिएको छ ।

संघीय मन्त्री अमनलाल मोदीसँग मनमुटाव भएपछि सरुवा मागेका कमलप्रसाद भट्टराईलाई नागरिक उड्डयन मन्त्रालय सरुवा गरिएको छ । मन्त्री मोदीले भट्टराईलाई प्रशासन महाशाखाबाट हटाएपछि संघीय मन्त्रालय छाडेका हुन् । भट्टराईले सम्हाल्दै आएको जिम्मेवारी सहसचिव हेमराज तामाङलाई दिइएको थियो ।

कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयमा फाजिलमा रहेका ज्ञानेन्द्रप्रसाद ढकाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अतिरिक्त समूहमा सरुवा गरिएको छ । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालाई कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

लामो समय काम नदिई अर्थ मन्त्रालयमा राखिएका रघुराम बिष्टलाई भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा गरिएको छ । मधेश प्रदेशमा रहेका राजेन्द्र पराजुलीलाई विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ ।

नेपालगन्ज उपहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्री नथा गैह्रेलाई गृह मन्त्रालय सरुवा गरिएको छ । चार महिनाभन्दा बढी समय कामै नदिई गृह मन्त्रालय राखिएका सुमन घिमिरेलाई लुम्बिनी मुख्यमन्त्री कार्यालयमा कामकाजका लागि खटाइएको छ ।

https://www.mirmireonline.com/wp-content/uploads/2023/05/%E0%A4%B8%E0%A4%B9%E0%A4%B8%E0%A4%9A%E0%A4%BF%E0%A4%B5-%E0%A4%B8%E0%A4%B0%E0%A5%81%E0%A4%B5%E0%A4%BE-2080-01-26.pdf

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ