नक्कली भुटानी शरणार्थी प्रकरणमा जाेडिएका थप दुई आरोपित पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा जाेडिएका थप दुई आरोपित पक्राउ

  • मङ्लबार, बैशाख २६, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

वैशाख २६,काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका थप दुई आरोपितलाई प्रहरीले आज काठमाडौंबाट पक्राउ गरेका छ। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको अपराधका आरोपित गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका हुन् ।

चौधरी सुनसरीका रहेको बुझिएको प्रहरी स्रोतले बताएको छ । त्यस्तै केसी काठमाडौंका हुन् । दुवैबारे प्रहरीले ‌औपचारिक विवरण सार्वजनिक गरेको छैन । यही कसूरमा केशव दुलाल‚ सानु भण्डारी‚ सन्देश शर्मा‚ सागर थुलुङ राई‚ सन्दीप रायमाझी‚ टंक गुरुङ‚ सरकारका सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई यसअघि नै पक्राउ परिसकेका छन् ।

यसमा मुछिएका पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका सचिवसमेत रहेका प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी र तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईका छोरा नीरज राई भने अहिलेसम्म फरार छन् । मंगलबार मात्रै प्रहरीले सातदोबाटोस्थित पूर्वउपप्रधानमन्त्री रायमाझीको घरमा छापा मारेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ