सांसदहरूबाटै सदनको दुरुपयोग भयो, संसद्‍को मर्यादा राखौंः सांसद राई

सांसदहरूबाटै सदनको दुरुपयोग भयो, संसद्‍को मर्यादा राखौंः सांसद राई

  • मङ्लबार, बैशाख २६, २०८०
  • मिर्मिरे अनलाइन

  • 1.4K
    SHARES

वैशाख २६, काठमाडौँ । सांसद दुर्गा राईले संसद्‍लाई मर्यादित बनाउनुपर्ने भन्दै ध्यानाकर्षण गराएकी छन् । मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै माओवादीकी सांसद राईले केही सांसदहरूले सदनको मर्यादा नराखेको र सदनको दुरुपयोग गरिरहेको भन्दै आपत्ति जनाएकी थिइन् ।

यसअघि अमरेश कुमार सिंह लगायतका सांसदहरूले संसद्‍मा प्रस्तुत गरेका शैलीप्रति लक्षित गर्दै उनले भनिन्, केही माननीयहरूले सदनको दुरुपयोग गर्नुभएको छ । संसद्‍मा कोही नांगिएर परेड खेल्ने, कोही मौन धारणा गर्ने । म सदनलाई मर्यादित बनाउन सभामुखमार्फत् ध्यानाकर्षण गराउन चाहान्छु । संसद्‍मा सांसदहरू मर्यादित नबन्दा आम नागरिक, सदन, सरकार र आफैं पनि अमर्यादित हुने हेक्का राख्नुपर्छ ।

सोमबार मात्रै स्वतन्त्र सांसद अमरेश कुमार सिंह संसद्‍मै कपडा खोलेर अर्धनग्न बनेपछि उनी आलोचित बनेका थिए । सांसद राईले उनै सिंहप्रति लक्षित गर्दै कटाक्ष गरेकी छन् । यसवाहेक केही साताअघि रास्वपाका सांसद हरि ढकालले शून्य समयमा मौन धारणा गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ