नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्‍नता नभए टोपबहादुर रायमाझी किन लुकेका छन् ?: सांसद यादव

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्‍नता नभए टोपबहादुर रायमाझी किन लुकेका छन् ?: सांसद यादव

  • मङ्लबार, बैशाख २६, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

वैशाख २६, काठमाडौँ । जसपा सांसद प्रदीप यादवले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न रहेको भनेर अदालतले पक्राउ पूर्जी जारी गरेपछि फरार हुँदा सांसद तथा एमाले सचिव टोपबहादुर रायमाझीमाथि नै प्रश्न उठेको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद यादवले रायमाझी प्रहरीको सम्पर्कमा रहेको हल्ला समेत रहेकाले उक्त प्रकरणमा प्रहरीले गरिरहेको अनुसन्धानलाई पनि शंकाको घेरामा पारेको बताए ।

सांसद यादवले नक्कली शरणार्थी प्रकरणमा सांसद रायमाझीले प्रहरी अनुसन्धानलाई सहयोग गर्नुपर्ने बताउदैँ प्रहरीले पनि निष्पक्षताका साथ शंका नउठ्ने ढंगले अनुसन्धान गर्नुपर्ने माग गरेका छन् । ुनेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ करोडौं रकम असुल्ने मुद्दामा फरार रहनुभएका फरार माननीय टोपबहादुर रायमाझी हालसम्म पक्राउ पर्नुभएको छैन । यदि उनी दोषी छैनन् भने प्रहरीबाट किन लुकेर बसेका छन् ? लुक्नु भनेको यस प्रकरणमा कुनै न कुनै संलग्नता भएको पुष्टि गर्दछ । उनका छोरा पक्राउ पर्नुले थप बल पुगेको अवस्था छ,? यादवले भने ।

प्रहरीले सांसद रायमाझीलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्नेमा त्यसो हुन नसकेको पनि उनको भनाइ छ । ुनेपाल प्रहरीले उनलाई नियन्त्रणमा लिएर छिटोभन्दा छिटो कानुनको दायरामा ल्याउनुपर्ने भन्दै सांसद यादवले नभए प्रहरीको काममाथि नै हामीले प्रश्न गर्ने अवस्था सिर्जना हुन सक्नेधारणा राखे । उनले भने, ुटोपबहादुर नेपालमै रहेको र प्रहरीसँग सम्पर्कमा रहेको समेत हल्ला चलेको छ । यसले पूरा प्रकरणको अनुसन्धानलाई नै शंकाको घेरामा ल्याउन सक्छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालको छवि अन्तर्राष्ट्रिय मंचमा नै धमिलो बनेको भन्दै उनले उक्त प्रकरणमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरे । ुरायमाझी पक्राउ गर्दै यस प्रकरणमा संलग्न जोकोहीलाई पनि कानुनको दायरामा ल्याएर दोषी देखिएका कडा कारबाही गर्नुपर्नेमा जोड दिदै सांसद यादवले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर पठाउने विषयले देशको देशको अन्तर्राष्ट्रियस्तरमा बेइज्जती हुने अवस्था आएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ