एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्रन देशभर पत्राचार

एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्रन देशभर पत्राचार

  • मङ्लबार, बैशाख २६, २०८०
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव एवं पुर्व मन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ गर्न देशभरका प्रहरी निकायमा पत्राचार गरेको छ ।

जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि रायमाझी फरार छन्। फरार रायमाझिलाई पक्रन जिल्ला प्रहरी परिसर काठमाडौंले देशभरका प्रहरी कार्यालयलाई पत्र पठाएको हो ।

रायमाझीको खोजी गर्न केन्द्रीय अनुसन्धान ब्युरोको टोली पनि परिचालन गरिएको छ ।

यसैगरी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले आवश्यक परेको बेला उपस्थित हुने कागज गराएर छाडेको छ । सोमबार अपरान्ह काठमाडौं प्रहरी परिसरमा पुग्नु भएका खाँडलाई आवश्यक परेको बेला बयानका लागि उपस्थित हुने कागज गराइएको प्रहरी स्रोतले जनाएको छ ।

खाँडले आफू अनुसन्धानमा सहयोग गर्न तयार रहेको बतउनु भएको पनि प्रहरीले जनाएको छ ।

नक्कली शरणार्थी प्रकरणमा खाँडकी पत्नी मञ्जुले पनि रकम बुझेको अडियो सार्वजनिक भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ