प्रधानमन्त्रीले नै भ्रष्टाचारी जोगाएको आरोप लगाउदै ओलीले भने, कसैलाई जोगाउने, कसैलाई खेदीखेदी हतकडी लगाउने सह्य हुँदैन

प्रधानमन्त्रीले नै भ्रष्टाचारी जोगाएको आरोप लगाउदै ओलीले भने, कसैलाई जोगाउने, कसैलाई खेदीखेदी हतकडी लगाउने सह्य हुँदैन

  • सोमवार, बैशाख २५, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

वैशाख २५, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले नै भ्रष्टाचारीलाई जोगाइरहेको आरोप लगाएका छन् ।

राष्ट्रिय युवा संघको केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणलाई लक्षित गर्दै उनले कसैलाई जोगाउने र कसैलाई खेदीखेदी हतकडी लगाउने कुरा सह्य नहुने बताए ।नक्कली शरणार्थी काण्डमा एमाले सचिव टोपबहादुर रायमाझीसहितका नेताहरु मुछिएपछि अध्यक्ष ओलीको यस्तो प्रतिक्रिया आएको हो ।

एमालेले भ्रष्टाचारलाई समर्थन नगर्ने बताउदैँ ओलीले भने, ुभ्रष्टाचार एमालेले सहँदैन । तर एमालेविरुद्ध यसलाई पनि तान उसलाई पनि तान भनेर निर्देशन दिन्छ भने, कसैलाई खेदीखेदी हतकडी लगाउने र कसैलाई सोधपुछ नै नगर्ने भन्ने स्वीकार्य हुँदैन ।

मैले भ्रष्टहरु नजोगिउन् भनेँ । यसको अर्थ छ । उहाँ भ्रष्टहरुलाई जोगाउने र अनावश्यक मानिसलाई पोल्ने लगाउने काम गरिरहनु भएको छ । मैले समयमै प्रधानमन्त्रीलाई भनेक छु निर्दोषलाई फसाउने कोसिस नहोस् कोही पनि भ्रष्ट नजोगिउन्, अध्यक्ष ओलीले भने ।

यस्तै एमालेतर्फ लक्षित गर्ने दुस्साहास कसैले गर्छ भने त्यसको जवाफ आफूहरुले दिने पनि उनको चेतावनी थियो । उक्त प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि रायमाझी भने फरार रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ