मेरो लागि सदन निर्बस्त्र छ, त्यसैले कपडा खोलेको हुँः सांसद अमरेशकुमार सिंह

मेरो लागि सदन निर्बस्त्र छ, त्यसैले कपडा खोलेको हुँः सांसद अमरेशकुमार सिंह

  • सोमवार, बैशाख २५, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

वैशाख २५, काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आफ्नो लागि सदन नै निर्बस्त्र रहेको प्रतिकृया दिएका छन् ।

संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले आफूले प्रचारबाजीका लागि मात्र प्रतिनिधिसभा बैठकमा कपडा नखोलेको प्रष्टीकरण दिएका हुन् ।

आफ्नो लागि सदन निर्बस्त्र भएको, जनताको लागि सदन निर्बस्त्र भएकाले आफूले त्यसको विरोधका लागि कपडा खोलेको सिंहको जवाफ छ ।उनले भने, ‘मैले भ्रष्टाचारको बिषयमा कुरा राख्न खोज्दा समय नै पाईन, मेरो लागि सदन निर्बस्त्र छ, त्यसैले कपडा खोलेको हुँ ।’

भ्रष्टाचारको विषयमा संसदमा बोल्नका लागि सभामुखसँग आकस्मिक समय मागेको र समय नपाए हदैसम्मको विरोध गर्ने बैठक अगावै सभामुखलाई जानकारी गराएको उनले बताए ।

उनले भने, ‘सभामुखलाई आग्रह गरेँ । आकस्मिक समयमा भ्रष्टाचारको विषयमा बोल्छु । दुई मिनेट पाउने हो त्यो समय पाउँ’ उनले पत्रकारहरुसित भने, ‘उहाँ (सभामुख)लाई पहिल्यै भनेको थिएँ समय नपाए म प्रोटेस्टको अन्तिम लेबलसम्म जान्छु । शब्दमै भनेको थिएँ कपडा खोल्छु ।’

सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्न समय मागेका सांसद सिंहले समय नपाएपछि कपडा खोलेर विरोध जनाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ