प्रधानमन्त्रीको धारणाः शरणार्थी प्रकरणमा दोषी कुनै पनि दबाबले बच्दैन

प्रधानमन्त्रीको धारणाः शरणार्थी प्रकरणमा दोषी कुनै पनि दबाबले बच्दैन

  • आइतवार, बैशाख २४, २०८०
  • मिर्मिरे अनलाइन

  • 1.8K
    SHARES

काठमाडौँ बैशाख २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी कोही पनि नछुट्ने बताएका छन् । उनले निर्दोष भने नफस्ने बताएका हुन् ।

प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकपछि संसद् भवन बाहिर सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले उक्त प्रकरणमा कसैले दबाब दिएर केही नहुने बताए ।

प्रतिनिधिसभा बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले जोडतोडका साथ बहस गरेपछि प्रधानमन्त्री दाहालको उक्त धारणा आएको हो ।

‘मैले भनेको छु दोषी कोही बच्न सक्दैन, निर्दोष कोही पनि पर्दैन । सरकारको त्यही जोड छ । आज जसरी विषय उठेको छ, त्यसले अझ सरकारको मनोबल बढाउने काम नै गरेको छ भन्ने मैले ठानेको छु । कसैले त्यहाँ दबाब दिएर केही हुनेवाला छैन,’ प्रधानमन्त्री दाहालले भने ।

प्रधानमन्त्रीले पटक पटक कसैको दबाबले यो प्रकरणमा छानविन र अनुसन्धान नरोकिने स्पष्ट पारेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ