बैशाख २४ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सुरेन्द्र आचार्यलाई मन्त्री नियुक्त गरेका छन् ।
आइतबार प्रधानमन्त्री प्रचण्डले आचार्यलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गरेका हुन् । मन्त्री आचार्यको शपथ ग्रहण आज साढे १२ बजे राष्ट्रपति भवन शीतल निवासमा तोकिएको छ ।
हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्दै आउनु भएका जसपाका महिन्द्रराय यादवलाई भने खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मा दिइएको छ ।
खानेपानी मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैंले सम्हाल्दै आएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline