बैशाख २३ भक्तपुुर । जसपा अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार परिवर्तन नहुने स्पष्ट पारेका छन् । दिनैपिच्छे सरकार फेर्ने कुरा राम्रो नभएको भन्दै यो सरकार कायम रहने र पाँच दलीय गठबन्धन अघि बढ्ने बताए ।
भक्तपुरको रफत सञ्चार क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यो गठबन्धन सुसासन र समृद्धिको एजेण्डा सहित अघि बढ्ने बताए ।
‘सुशासन र विकासको गति अघि बढाउन, शिक्षा, स्वास्थ्य, कृषि, लगायतका क्षेत्रहरूमा परिवर्तन गरी अगाडि बढाउने मुख्य अभिभारा हो अहिलेको सरकारको। त्यसको लागि सरकारको स्थिरता आवश्यक छ,’ उनले भने, ‘दिनैपिच्छे सरकार परिवर्तन हुने हल्ला चलाएर कसैको हित हुँदैन। र दिनैपिच्छे सरकार परिवर्तन गरिराख्नु पनि गलत हो।’
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline