शरणार्थी प्रकरणबारे प्रचण्डले भने, यो ट्रेलर मात्र हो अब पुरै फिल्म देखिन्छ

शरणार्थी प्रकरणबारे प्रचण्डले भने, यो ट्रेलर मात्र हो अब पुरै फिल्म देखिन्छ

सबै माओवादी एक हुँदा ३२ सिट हैन बहुमत आँउछ र नेपाल कब्जा हुन्छ

  • शनिबार, बैशाख २३, २०८०
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

बैशाख २३ काठमाण्डौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरीका पठाउने गिरोह बिरुद्धको कार्बाही कुनै पनि हालतमा नरोकिने स्पष्ट पारेका छन् ।

सिंहदरबारमा एमाले अध्यक्षसँग छलफल सकेर दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले यो हाईप्रोफाईल भनिनेहरु समातिन शुरु भएपछि विभिन्न दबाब, धम्की जस्ता कुरा आउन सक्ने भन्दै जनताको समर्थनमा त्यसको सामना गरेर अघि जाने बताए ।

यो त ट्रेलर मात्र हो, पुरै फिल्म देखिनेछ , हेर्दै जानुस् , प्रधानमन्त्रीले संकेत गरेका छन् ।

एमाले सचिव टोप बहादुर रायमाझी फरार रहेको अवस्थालाई संकेत गर्दै उनले नेकपा विभाजित भएर सडकमा संविधानको रक्षाका निम्ती आन्दोलन गर्दै गर्दा नक्कली शरणार्थी बनाएर नागरिकलाई अमेरीका बेच्नेहरुले हेर त प्रचण्डको हालत भनेर टिप्पणी गर्ने गरेको पनि सुनाए ।

उनले माओवादी विभाजित हुँदा ३२ सिटमा खुम्चिन पुगेको र अहिले ३२ सिटे भनेर व्यग्य गर्ने गरिएको भन्दै सबै एकतावद्ध भएर गर्जिने हो भने फेरी बहुमत आउने र नेपाल कब्जा हुने उनले उद्घोष गरे ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ